बाग्मती प्रदेश सभाका ज्येष्ठ सदस्यको शपथ पुस १३ गते, अरू सांसदको शपथ भाेलिपल्ट

मकवानपुर – बाग्मती प्रदेश सभाका ज्येष्ठ सदस्यको शपथ ग्रहण यही पुस १३ गते बुधवार हुने भएको छ । त्यसको भोलिपल्ट अर्थात् पुस १४ गते बिहीवार प्रदेश सभाका अरू सदस्यको शपथ ग्रहण हुने भएको छ ।  आज शुक्रवार बिहान प्रदेश सभा सचिवालयमा बसेको सर्वदलीय बैठकले पुस १३ गते दिउँसाे २ बजे प्रदेश सभाका ज्येष्ठ सदस्यको शपथ ग्रहण र १४ गते २ बजे अन्य सदस्यको शपथको मिति तय गरेको कांग्रेस सांसद प्रभात तामाङले जानकारी दिनुभयाे ।  शपथ ग्रहणका लागि प्रदेश सभा सचिवालयले सबै तयारी पूरा गरेको जानकारी गराएको छ । प्रदेश सभा...