गगनपछि विश्वप्रकाश पनि जीततर्फ, महतसँग ३ सय २८ मतको अन्तर

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा गगन थापाले महामन्त्री पदमा जीत सुनिश्चित गरेका छन् । ४०९० मत गन्दा गगनले २६४४ मत प्राप्त गरेका छन् । जुन गन्न बाँकी मतभन्दा ठूलो अन्तर हो । गगनलाई पछ्याइरहेका विश्वप्रकाश शर्माले १६८५, डा. प्रकाशशरण महतले १३५७, प्रदीप पौडेलले १२१७, मीनेन्द्र रिजालले ७०६ र डा. राजाराम कार्कीले ९२ मत प्राप्त गरेका छन् । गगन समर्थकले पार्टी कार्यालयमा कांग्रेसभित्र क्रान्ति, दुई तिहाइको महामन्त्री भनेर नारा लगाइरहेका छन् । ​दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटा सम्म मत दिन पाउ...