'आईएमई पे' र एभरेस्ट बैंकबीच सम्झौता

काठमाण्डाै – आइएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुशन लिमिटेडद्वारा प्रवर्द्धित 'आइएमई पे' र एभरेष्ट बैंक लिमिटेड बीच बैंक लिङ्क गर्न मिल्ने सम्झौता भएको छ ।  डिजिटल सहजताको निम्ति गरिएको यस सम्झौतापछि प्रयाेगकर्ताले 'आईएमई पे' मोबाइल वालेट एपमा एभरेस्ट बैंकको खाता लिङ्क गरी बैंकका वित्तीय सुविधाहरू एपमै प्रयाेग गर्न सक्ने छन् । अहिलेसम्म नेपालको १४ वटा बैंकसँग यस्तै प्रकृतिको सम्झौता गरेको 'आईएमई पे' ले यस लिङ्क–अपका निःशुल्क ट्रान्सफर लगायतका फाइदा रहेका छन् । ...