‘बिइङ ह्युमन’ले भन्यो- स्रोत नखुलेको होइन, जग्गा किन्न लिएको ऋण र आम्दानी रकम हो

काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित बिइङ ह्युमन कपडा पसलबाट स्रोत नखुलेको भन्दै प्रहरीले सोही पसलका मनेजेरलाई ६९ लाख ५० हजार रूपैयाँसहित हिरासतमा लिएपछि बिइङ ह्युमनले स्रोत नखुलेको भनिएको रकम जग्गा किन्न ऋण लिएको र आम्दानी भएको प्रस्ट्याएको छ । काठमाडौं सामाखुसी बस्ने सर्लाही बरथवा घर भएका २२ वर्षीय बिइङ ह्युमन कपडा पसलका मनेजेर होरोसी खनाललाई शुक्रबार प्रहरीले […]