जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष पनि सरकारमा जान तयार देखिएको छ। मन्त्रालय बाँडफाँटको विषयमा सत्तारूढ गठबन्धनसँग छलफल हुन भने बाँकी रहेको ठाकुर पक्षका नेताहरूले बताएका छन्।प्रधानमन्त्री शेरबहादुर देउवासँग जसपा अध्यक्ष महन्थ ठाकुरले बुधबार भेट गरेका छन्। भेटमा प्रधानमन्त्री देउवाले ठाकुरलाई सरकारमा आउन प्रस्ताव गरेको ठाकुरनिकट नेता शरत्सिंह भण्डारीले बताए। उनका अनुसार भेटमा ठाकुरले जसपाले उठाउँदै आएका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए। जसपाले सरकारसँग मध