कात्तिक ५, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआईसी) नेपाल लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रविनकुमार मोलरी नियुक्त भएका छन् ।
मोलरीलाई उक्त पदमा भारतीय जीवन बीमा निगमले गत असोज १३ गते मनोनित गर्न पत्राचार गरे बमोजिम कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो ।
मोलरीलाई असोज १४ गतेदेखि नै लागू हुने गरी आगामी चार वर्षसम्मको लागि कम्पनीको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ । यसभन्दा अगाडिका सञ्चालक भिके कुकरेजाको पदावधि समाप्त भएका कारण सञ्चालकमा मोलरी नियुक्त भएका हुन् ।