प्रचण्ड–नेपाल समूहको विरोध कार्यक्रम, मास्कविनै सडकमा प्रदर्शनकारी

कोरोना संक्रमण (कोभिड १९) को जोखिम कायमै रहेको समयमा नेकपा प्रचण्ड–नेपाल समूहले शुक्रवार आयोजना गरेको विरोध कार्यक्रममा प्रदर्शनकारीहरू पर्याप्त स्वास्थ्य सावधानीविनै सडकमा आएका छन् । विरोध प्रदर्शनमा उपस्थित भएकाहरूमध्ये कतिपयले मास्क लगाएका छैनन् भने कतिपयको चिउँडोमा मास्क छ ।  नेपालमा कोरोनाविरुद्धको खोप लगाउने काम नै शुरू नभएको अवस्थामा जोखिमयुक्त नभएको जनस्वास्थ्यविद्हरू बताउँछन् । प्रचण्ड–नेपाल समूहले विरोध र्‍यालीमा अभद्र नारा नलगाउन आग्रह गरे पनि मास्क लगाउनेबारे कुनै निर्देशन दिएको छैन । ...

सम्बन्धित सामग्री

दिनभर माइतीघर-बबरमहल अशान्त : ५० प्रदर्शनकारी, ५ सय सुरक्षाकर्मी (फोटोफिचर)

सोमबार दिउँसो २ बजे सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना तथा शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्रीको सपथ गराउन परमादेश दियो ।  सो आदेशलगतै सर्वोच्चको छेउमै रहेको माइतीघर मण्डलामा फैसलाको विपक्षमा प्रदर्शन सुरु भयो । केपी शर्मा ओली समर्थित राष्ट्रिय यूवा संघ नेपालले मिनिट्रकमा मञ्च बनाएर सर्वोच्च अदालतले आज गरेको फैसलाको विरोध कार्यक्रम सुरु गर्यो । एमाले नेता महेश बस्नेतले अदालतको फैसला विरुद्ध उत्तेजक भाषण मात्र गरेनन् अदालतको मान हानी हुने शब्दहरू प्रयोग गरे । उनले अदालतले