बजेटबारे बैंक तथा वित्तीय संस्थाको प्रतिक्रिया: कार्यान्वयन पक्ष फितलो हुनु भएन

जेठ १६, काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सरोकारवालाहरुले आगामी आर्थिक वर्ष २०७८/ ७९ को बजेट समग्रमा राम्रो रहेको प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार सार्वजनिक गरेको बजेटबारे प्रतिक्रिया दिंदै बैंक तथा वित्तीय संस्थाका सरोकारवालाहरुले बजेट सकारात्मक भए पनि कार्यान्वयनमा भने चुनौती रहेको भन्दै मिश्रित प्रतिक्रिया दिएका छन् । बजेटको कार्यान्वयन पक्ष फितलो हुनु भएन   प्रद्युम्न पोखरेल,अध्यक्ष, डेभलपमेन्ट बैंकर्स एशोशिएसन नेपाल   -सरकारले बजेट ल्याएर मात्रै हुदैन यसले समग्रमा मुलुकको अर्थतन्त्रलाई यसले कत्तीको चलायमान बनाउन सक्छ भन्नेमा भर पर्छ । किनभने समग्र अर्थतन्त्र वृद्धि हुनु भनेको वित्तिय संस्था पनि वृद्धि हुनु हो । बजेट ल्याएरमात्र भएन यसको कार्यान्वयन पक्ष फितलो हुनु भएन । सरकारी बजेटमा प्राय : काम नगदमा आधारित हुन्छ । समयमा खर्च नभए फ्रिज हुन जान्छ ।  बजेट १६ अर्ब ४७ अर्बको बजेट आएको छ तर पूँजीगत खर्च जम्मा २१ प्रतिशत मात्रै छ । हुनत विगतमा  पनि यस्तै हुन्थ्यो तर अहिले अर्थतन्त्रलाई  चलायमान बनाउन र आर्थिक वृद्धि बढाउने होभने पूँजीगत खर्च बढ्नु पर्छ ।  सरकारी संस्थानहरुलाई उचित तरीकाले चलाउन सक्नुपर्छ । हुनत बजेटले निजी क्षेत्रसँग मिलेर सरकारी संस्थाहरु चलाउने भन्ने पक्ष राम्रो छ । यस्तै, प्रादेशीक  असमानता बढि देखिन्छ । प्रदेशलाई दिएको कम होकी जस्तो लाग्छ । बजेटले सहकारी क्षेत्रलाई राम्ररी समेटेको छ मिनराज कंडेल, अध्यक्ष, राष्टिय सहकारी महासंघ -आगामी आवको बजेटले सहकारी संस्थाको सवालमा राम्रो व्यवस्था गरेको छ । हामीले  सहुलीयतपूर्ण कर्जाको लागि जोड गरेका थियौं । यसअन्तर्गत कृषिका विभिन्न खालका तरकारी, नगदेबालीहरुमा र पशुपंक्षी व्यवसायमा सहुलीयत दिने भनेको छ । यसैक्रममा सरकारले कृषी तथा पशुपंक्षीजन्य उत्पादनको  प्रशोधन गरी मूल्य श्रृंखला विकास गर्न  सहुलीयत पूर्ण कर्जा दिने व्यवस्था गरेको छ । यस्ता संस्थालाई स्थानीय तहसँगको साझेदारीमा  कृषि बजार केन्द्र  स्थापना गर्न सह्योग उपलब्ध गर्ने भएको छ । साथै, कृषि सामाग्री भण्डारण गर्न सावीकका सहकारी संस्थाका गोदाम मर्मत गरी स्थानीय  तहलाई अनुदान दिने भएको छ । सहकारीको माध्यमबाट खाद्यान्न, दलहन, तरकारी, फलफूल, चीया, अलैंची कफी खेती गर्न आवश्यक पर्ने बीउविजन, उपकरण र यन्त्रमा अनुदान दिनेव्यवस्था गरेको छ । सहकारी संघ संस्थाको क्षमताको अभिवृद्धि र संस्थागत सुदृढिकरणका लागि  प्राविधिक सह्योग र प्रतिफलमा आधारितमा अनुधान उपलब्ध गराउने भएको छ । दुग्धजन्य उत्पादनमा ३५ प्रतिशतसम्म अनुदान दिने भनेर समेटेको छ ।  खासमा हाम्रो करमा समस्या थियो । संघहरुले लगानी गर्दा लाग्ने व्याज करमा छुट् गर्न भनेका थियौं यसबारे पनि समेटेको छ । यस्तै, यस्तै  गरिबी निवारण कोषलाई खारेज गरेर समुह सदस्यलाई सहकारीमा समन्वय गर्ने भन्ने व्यवस्थाले अब करीब ५०० जति थपिन जान्छ । किनभने एउटा स्थानीय तहमा एउटा बनाउने भन्ने योजना थियो । अहिले धेरै ठाउँमा शीत भण्डार बनिरहेको छ ।  यसलाई सहकारी मार्फत परिचालन गर्न पनि बजेटले समेटेको छ । त्यस्तै, पूराना संस्थालाई मर्मत गरेर मलबीउको भण्डारण बनाएर सञ्चालन गर्ने भनेको छ । यो प्रशंनीय छ । सबै तहमा पुग्ने जनशक्ति भए सहकारीको अनुगमनलाई अगाडि बढाउन सकिन्छ । 

सम्बन्धित सामग्री

बैंक तथा वित्तीय संस्था फेल हुने अवस्थामा छैनन् : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशको कुनै पनि बैंक तथा वित्तीय संस्था फेल हुने अवस्थामा नरहेको बताएका छन् । पछिल्लो समय बैंकहरू डुब्न लागेको भन्ने हल्ला फैलिएको सन्दर्भमा उनले केन्द्रीय...

अत्यावश्यक सेवाका लागि शाेककाे बिदा छैन, बैंक तथा वित्तीय संस्था खुला रहने

काठमाडौँ – सरकारले पोखरामा भएको यती एयरको विमान दुर्घटनाको शोकमा अत्यावश्यक सेवाबाहेकको सार्वजनिक बिदाको घोषणा गरेकाले बैंक तथा वित्तीय संस्था खुला रहने भएको छ। मन्त्रिपरिषद्को बैठकपछि गृह मन्त्रालयले जारी गरेको सूचनामा अत्यावश्यक सेवाबाहेक नेपाल राज्यभर सोमबार सार्वजनिक बिदा हुने उल्लेख छ। नेपाल सरकारले राजपत्रमा २०७६ साल असोज २७ गते प्रकाशन गरेको सूचना अनुसार बीमा बैंक […]

बैंक तथा वित्तीय संस्था परिसंघले स्वागल गर्‍यो मौद्रिक नीतिको स्वागत

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले राष्ट्र बैंकले हालै जारी गरेको आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको स्वागत गरेको छ । संस्थाले मंगलबार मौद्रिक नीतिबारे औपचारी धारणा सार्वजनिक गर्दै कार्यान्वन भने चुनौतिपूर्ण रहेको पनि जनाएको छ । नीतिमा उत्पादन र उत्पादकत्व अभिवृद्धिमा विशेष जोड दिँदै आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य राखिए […]

भोलि बैंक तथा वित्तीय संस्था बन्द हुने

काठमाडौं, २३ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा भोलि (फागुन २४ गते) बैंक तथा वित्तीय संस्थाहरु बन्द हुने भएका छन् । बैंक तथा वित्तीय संस्था भोलि (मंगलबार) बन्द रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

मंगलबार बैंक तथा वित्तीय संस्था बन्द रहने

२३ फागुन, काठमाडौं । भोलि (मंगलबार) बैंक तथा वित्तीय संस्था बन्द रहने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहने छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले मंगलबार देशभरका बैंकहरु बन्द रहने बताए ।

२२९ बैंक तथा वित्तीय संस्था मर्जरमा

नेपाल राष्ट्र बैंकले २०७८ सालको असार मसान्तसम्ममा २२९ वटा बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा गएको बताएको छ । केन्द्रीय बैंकले वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले गाभ्ने/गाभिने नीति ल्याएपछि उक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभिएका हुन् ।यसैगरी, २०७८ सालको असार मसान्तसम्ममा देशका कुल ७५३ वटा स्थानीय तहमध्ये ७५० वटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पुगेका छन् । ती स्थानीय तहमा कम्तिमा एउटा वाणिज्य बैंकको शाखा खुलेको राष्ट्र बैंकले जानकारी दिएको छ ।हालसम्म जाजरकोटको ज

बैंक तथा वित्तीय संस्था सञ्चालनमा कडाइ

कोरोनाको संक्रमण बढ्दै गएपछि धनकुटा जिल्लामा समेत बैंक तथा वित्तीय संस्था सञ्चालनमा जिल्ला प्रशासन कार्यालयले कडाइ गरेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशन बमोजिम सीमित कर्मचारी राखेर अति आवश्यकीय काम मात्र गर्न प्रशासन कार्यालयले हप्तामा ३ दिन मात्र बिहान ८ देखि ११ बजेसम्म मात्र स१चालन गर्न भनेको छ ।

आलोपालो गर्दै बागलुङका बैंक तथा वित्तीय संस्था

बागलुङ। कोरोनाको दोस्रो लहरमा बागलुङका बैंक तथा वित्तीय संस्थाले आलोपालो सेवा दिने भएका छन्। आजदेखि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले आलोपालो सेवा दिने भएका हुन्। सातामा तीन दिन नेपाल बैंक र अन्य बैंक सातामा दुई दिने खुल्नेछन्। बागलुङमा २८ वटै वाणिज्य बैंकका शाखा कार्यालय छन्।

निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था खुलै रहने

काठमाडौं। यही १६ गतेदेखि लागू निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था खुलै रहने भएका छन्। काठमाडौं जिल्ला प्रशासनले जारी गरेको सूचना अनुसार निषेधाज्ञाको समयमा बैंक तथा वित्तीय संस्था बन्द हुने छैनन्। प्रशासनले बैंकले जारी गरेको परिचयपत्रका आधारमा निषेधाज्ञाको समयमा आवतजावत गर्न मिल्ने बताएको छ। यसैगरी, सरकारी कर्मचारी पनि परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्।

सार्वजनिक बिदामा पनि बैंक तथा वित्तीय संस्था खुला

काठमाडौं : आज सार्वजनिक बिदाको दिन पनि बैंक तथा वित्तीय संस्था खुला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएसँगै आज पनि बैंक तथा वित्तीय संस्था खुला हुने भएका हुन्।यस्तै‚ आइतबार घोडेजात्राको सार्वजनिक बिदाको दिन पनि बैंक तथा वित्तीय संस्था खुला राख्न नेपाल राष्ट्र बैंकले भनेको छ। क्लियरिङ गर्ने काउन्टरहरु पनि खुला रहने बताइएको छ।राष्ट्र बैंकका अनुसार असोज, पुस, चैत र असार महिनाको अन्तिम हप्ता २५ गते र त्यसपछ