काठमाडौं : नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले काठमाडौंमा आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्माबीच घोचपेच भएको छ।कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका उपमहासचिव शर्माले पार्टीको विद्यार्थी संगठनमा अलग्गै गतिविधि गर्ने समूहलाई अध्यक्ष पुष्पकमल दाहालले पुल्पुल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि सवाल जवाफ भएको हो। उनले संगठन विधि र पद्धतिमा चल्नुपर्ने बताए