एजेन्सी। बलात्कार आरोपमा पक्राउपछि हाल जमानतमा रिहा भएका टेलिचलचित्र अभिनेता पर्ल पुरीले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै घटनाबारे आफ्नो मौनता तोडेका छन्। पुरीले इन्स्टाग्राममा आफूले सबै दुःख एकैपटक भोग्नुपरेको बताएका छन्। उनले केही समयअघि हजुरआमा त्यसको १७ दिनपछि पिता र हाल बलात्कारजस्तो घटिया आरोप लागेको बताउँदै आफ्नो लागि पछिल्लो केही हप्ता एक नराम्रो सपनाजस्तै भएको बताएका छन्।