काठमाडौं: जापान पठाइदिने प्रलोभन देखाएर साढे ३९ लाख बढी रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।सामजिक संजाल फेसबुकबाट चिनजान गरी वर्किङ भिषामा जापान पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा मकवानपुर हेटौडा–१२ पदमपोखरी घर भई नयाँबजार बस्ने ३७ शुभद्रा परियार, इलाम सूर्योदय नगरपालिका–४ अन्तू घर भई नयाँ बानेश्वर बस्ने ३३ वर्षीय पूजा राई, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ राम्चे घर भई