रहेनन् निर्देशक रेशराज आचार्य

काठमाडौं : निर्देशक रेशराज आचार्यको निधन भएको छ। आचार्यको बुधवार राति हृदयघातका कारण मृत्यु भएको चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले जानकारी दिए। निरौलाका अनुसार साँझ ७ बजे आचार्यको स्वास्थ्यमा समस्या देखिएपछि चाबहिलस्थित ओम अस्पतालमा लगिएको थियो। अस्पतालमै उनको मृत्यु भयो। पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार भयो। रेशराजले २०४५ सालमा रिलिज भएको…