घरबाटै कुहिने र नकुहिने नछुट्याए महानगरले फोहोर उठाउँदैन : मेयर शाह

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले घरबाटै कुहिने र नकुहिने नछुट्याइएको फोहोर महानगरले नउठाउने बताएका छन् ।  आफूले  फोहोर व्यवस्थापनको दीर्घकालिन योजना बनाएको भन्दै यसमा सहयोग गर्न पनि उनले महानगरबासीसामु आग्रह गरेका छन् । सामाजिक सञ्जालमा शाह लेख्छन् -'अब तपाईको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तिमा दुई किसिमका फोहोरहरु छुट्टिएर ननिस्कून् । कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ । जति सहज व्