विद्यार्थी प्रतिभा पहिचान प्रतियोगिताका विजेता घोषणा, विज्ञान दिवसको दिन पुरस्कार दिइने

विद्यालयस्तरीय स्टान-युनेस्को विज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम २०२१ सम्पन्न भएको छ । विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम २०२१ विज्ञान शिक्षक समाज नेपाल (स्टान) र युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगको सचिवालयको सहकार्यमा आयोजना गरिएको थियो ।  परोपकार माद्यामिक विद्यालय काठमाडौंको आइसिटी कक्षमा आयोजित अन्तिम प्रतिस्पर्धामा सातै प्रदेशबाट छनौट भइ...

सम्बन्धित सामग्री

‘सनसिल्क दशैं भाइभ–३’ प्रतियोगिताका विजेता घोषणा, जनही एक लाख पुरस्कार

काठमाडौं, २५ पुस । युनिलिभरको ब्रान्ड सनसिल्कले दशैंको अवसरमा आयोजना गरेको ‘सनसिल्क दशैं भाइभ–३’ प्रतियोगिताका विजेता घोषणा गरिएको छ। यो डिजिटल अभियानमा सजिना खनाल, सुस्मिता बन्जारा र विजया प्रधानलाई विजयी घोषणा गरिएको छ। यो प्रतियोगितामा चार हजार चार सय ८५ जनाले भाग लिएका थिए। विजेतालाई प्रतिव्यक्ति एक लाख रुपैयाँ पुस्कार प्रदान गरिएको छ। उनीहरूले सनसिल्क […]

प्राध्यापक डा. सुवेदीको नाममा स्थापित पुरस्कार अमेरिकी प्राध्यापक लिक्टीलाई

द रोयल एसियाटिक सोसाइटीले प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको नाममा स्थापित पहिलो पुरस्कार विजेता घोषणा गरेको छ।...

प्राध्यापक डा. सुवेदीको नाममा स्थापित पुरस्कार अमेरिकी प्राध्यापक लिक्टीलाई

द रोयल एसियाटिक सोसाइटीले प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको नाममा स्थापित पहिलो पुरस्कार विजेता घोषणा गरेको छ।...

बर्जर पेन्ट्स नेपालका विजेता घोषणा

बर्जर पेन्ट्सले बर्जर फेस्टिभ राईड ग्राहक योजना अन्तर्गत बम्पर पुरस्कार विजेता घोषणा गरेको छ ।कम्पनीले २०७८ सालको दसैं तिहारको अवसरमा सञ्चालन गरेको उपहारयोजना अन्तर्गत बिजेता भएका अर्जुन भट्टलाई यामाहाको एफजेड–२५ मोटरसाइकल हस्तान्तरण गरेको छ ।कम्पनीले ग्राहकहरुले चयन गरेका बर्जर पेन्ट्का उत्पादन खरीद गर्दा १०० वर्ग फिट सिल्क इलुजन डिजाइनर्स फिनिस स्योर सट उपहार प्राप्त गर्ने […]

एसियन पेन्ट्सद्वारा आर्किटेक्चर स्टुडेन्ट्स डिजाइनका विजेता घोषणा

काठमाडौं (अस) । एशिएन पेन्ट्सले आफ्नो वार्षिक आर्किटेक्चर डिजाइन प्रतियोगिताका विजेता घोषणा गरेको छ । पेन्ट्सले  यालिडोस्कोपको अन्तिम चरण र विजेता घोषणा कार्यक्रम सम्पन्न गरेको हो । प्रतियोगिताको विजेता आईओर्ई पुल्चोक क्याम्पसकी रोजिता अवाले भइन् । उनले ७० हजार नगद पुरस्कार प्राप्त गरिन् । त्यस्तै फस्र्ट रनरअप एक्मी इन्जिनियरिङ कलेजका प्रशान्त देशार भए । उनले ४० हजार रुपैयाँ प्राप्त गरे । सेकेन्ड रनरअप काठमाडौं इन्जिनियरिङ कलेजका अनिल कुँवर भएका थिए । उनले ३० हजार रुपैयाँ पुरस्कार पाए । सान्त्वना पुरस्कार विजेताहरूमा आईओई पुल्चोक क्याम्पसका अभिषेक महर्जन र काठमाडौं इन्जिनियरिङ कलेजकी प्रिया श्रेष्ठ रहेकी थिइन् । उनीहरूले जनही १० हजार रुपैयाँ नगद पाए । एसियन पेन्ट्स नेपालले आयोजना गर्दै आएको वार्षिक कार्यक्रम क्यालिडोस्कोपकोे २०२१–२२ संस्करणले नेपालका आशा लाग्दा आर्किटेक्टहरूको प्रतिभालाई प्रवर्द्धन र प्रदर्शन गर्ने कम्पनीको निरन्तर प्रयासलाई अझ सशक्त बनाएको कम्पनीले दाबी गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अनुसार यस अघिदेखि नै नेपालका नवोदित आर्किटेक्टहरूलाई आफ्नो ज्ञान प्रयोग तथा केही प्रतिष्ठित लाइभ परियोजनामार्फत आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर दिँदै आएको छ । क्यालिडोस्कोपको पहल मार्फत विद्यार्थीले आफ्नो सृजनशीलता व्यक्त गर्ने र उपलब्धिको भावना विकास गर्ने अवसर पाउने विश्वास कम्पनीले लिएको छ । प्रतियोगितामा एक्मी इन्जिनियरिङ कलेज, आईओई पुल्चोक क्याम्पस, काठमाडौं इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, हिमालय कलेज अफ इन्जिनियरिङ, ख्वप: इन्जिनियरिङ कलेज, आईओई थापाथली क्याम्पस र आईओई पूर्वाञ्चल क्याम्पसबाट २०७३ ब्याचका ३० जना विद्यार्थीको सहभागिता थियो । कार्यक्रममा प्रमुख अतिथि शिक्षा सचिव यादवप्रसाद कोइराला र विशेष अतिथि गोरखाको पालुङटार नगरपालिकाका मेयर ई. दिपकबाबु कँडेल थिए ।

महिन्द्रा ट्रयाक्टर उत्सवका बम्पर पुरस्कार विजेता घोषणा

काठमाडौं (अस) । नेपालमा महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरको अधिकृत वितरक अग्नि इन्कर्पोरेटेडले महिन्द्रा उत्सव अफरअन्तर्गत बम्पर पुरस्कार विजेता घोषणा गरेको छ । ग्रुपले महिन्द्रा उत्सव नारासहित महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकका लागि सञ्चालन गरेको दशैं, तिहार, छठ र विश्वकर्मा पूजा लक्षित योजनाका विजेता घोषणा गरेको हो । कम्पनीका बिर्तामोड, जनकपुर, वीरगञ्ज, चितवन र नेपालगञ्जमा एकैसाथ लक्की ड्र गरी हरेक शाखाबाट एक–एक जना विजेता घोषणा गरिएको हो । योजनाअन्तर्गत बम्पर पुरस्कारमा महिन्द्रा पावरोल ५ केभीए डिजी (डिजेल जेनेरेटर) राखिएको थियो । कम्पनीको अफरअन्तर्गत बम्पर पुरस्कार विजेतामा ताप्लेजुङका किरण मैनाली, जनकपुरका सास स्टिल प्रालि, वीरगञ्ज भवानीपुरकी मीनादेवी, हेटांैडाका श्रीनिवास कन्स्ट्रक्सन र नेपालगञ्जका बडाइयातल पशुपक्षी तथा एग्रो फार्म रहेका छन् । योजनाअन्तर्गत महिन्द्रा ट्रयाक्टर खरिद गरेका हरेक ग्राहकलाई निश्चित उपहारको रूपमा महिन्द्रा रोटाभेटरमा ५० प्रतिशत छुट वा पानासोनिकको ४२ इन्चको  स्मार्ट एलइडी टिभीका साथै १ जनाका लागि ५ लाख बराबरको दुर्घटना बीमा व्यवस्था थियो ।

‘बजाज खुशीका तीन डोज’ विजेता बने गुप्ता

नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड को प्रालिले ‘बजाज खुशीको तीन डोज’ का विजेता घोषणा गरेको छ । वडादसैंँ, तिहार र छठको अवसरमा शुरु गरिएको यो योजनाको विजेता लालबन्दीका बिट्टुकुमार गुप्ता भएका छन् । अर्किड्ज मोटर्स प्रालिबाट मोटरसाइकल खरिद गरेका उनले १० लाख रुपैयाँ जितेका बिक्रेता कम्पनीले जानकारी दिएको छ ।यस अफर अन्तर्गत ग्राहकहरूले बजाज मोटरसाइकल किन्नुअघि, किन्दा र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्ने अवसर थियो । साथै, ग्राहकहरूले बाइक किन्नुभन्दा पहिले १० ह

टीडीओ नेपालको बाइक विजेता घोषणा

टीडीओ नेपालले ‘एसएमएस गरौं, बाइक जितौं’ योजनाको विजेताहरूलाई पुरस्कार वितरण गरेको छ । टेलिनेट प्रालिका प्रमुख कार्यकारी अधिकृत नभंकुर सुदले बम्पर उपहार ‘बजाज पल्सर’ विजेता गंगा प्रसादशाहु तेलीलाई पुरस्कार हस्तान्तरण गरे ।‘एसएमएस गरौं बाइक जितौं’ कन्टेस्टका अन्य मासिक, साप्ताहिक र दैनिक विजेताहरूलाई पनि पुरस्कार वितरण गरिएको कम्पनीले जनाएको छ ।

वेस्टर्न युनियनको पाँच लाख पुरस्कार नेपालीले जितिन्

वेस्टर्न युनियनले दसैँ, तिहार र छठलक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ । कम्पनीले लक्की ड्रमार्फत गरेको छनोटमा मस्तकला नेपाली विक विजेता बनेकी छिन् । उनले वेस्टर्न युनियनको नेपालमा रहेका सातवटा...

इण्डियन आइडल–१२ को विजेता बने पवनदीप राजन

बीबीसी। भारतको चर्चिच रियालिटी शो ‘इण्डियन आइडल–१२’ विजेता पवनदीप राजन बनेका छन्। उत्तराखण्डका पवनदीपलाई विजेता घोषणा गरेसँगै ट्रफी र २५ लाख भारतीय रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिएको थियो। इण्डियन आइडलको १२औं सिजनमा अरुणिता कंजिलाल र सायली कांबले रनर–अप भएका थिए। आइतबारराति भएको ग्राण्ड फिनालेमा पवनदीपलाई विजेता घोषणा गरिएको थियो। ग्राण्ड फिनाले लगातार १२ घण्टा चलेको थियो।