सांग्रिला डेभलपमेन्ट बैंक र मेराकी हेल्थ सोलुसनबीच सम्झौता

काठमाडौं (अस) । सांग्रिला डेभलपमेन्ट बैंक र मेराकी हेल्थ सोलुसनबीच बैंक कर्मचारी तथा तिनका परिवार र ग्राहकलाई विभिन्न किसिमका स्वास्थ्य सेवा उपलब्ध गराउन सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र मेराकी हेल्थ सोलुसनका प्रबन्ध निर्देशक आश्रय रन्जितकारले हस्ताक्षर गरे । सम्झौताअनुसार मेराकी हेल्थ सोलुसनले बैंकका कर्मचारी, ग्राहक तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य जाँच, भ्याक्सिन, कोभिड पीसीआर, भिडियो कन्सल्टेसन, टेलिकन्सल्टेसन सेवालगायतमा छुट उपलब्ध गराउनेछ । सम्झौताअनुसार स्वास्थ्य चेकजाँचमा कर्मचारीलाई १५ प्रतिशत र बैंकका ग्राहकलाई १० प्रतिशत छुट दिइनेछ ।