नेप्से दोहोरो अंकले घट्दा मानुषीका लगानीकर्ता मालामाल

आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२ अंकले घटेपनि मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता मालामाल भएका छन् । मानुषीको सेयर मूल्य १० प्रतिशतले बढेसँगै लगानीकर्ताले प्रतिकित्ता १८० रुपैयाँ कमाएका हुन् ।मानुषीका लगानीकर्ता मालामाल बन्दा अन्य कम्पनीको सेयर मूल्यमा ठूलो वृद्धि आएन । यस्तै, कारोबार भएका १३ मध्ये अन्य समूहमा मात्रै सुधार आएको छ । घटेकामध्ये विकास बैंक समूह सबैभन्दा बढी ११९ अंकले घटेको छ भने उत्पादनमूलक १०१ अंकले घटेको छ ।बजार ३२ अंकले घट्दा ४ अर्ब १६ करोड रुपैयाँ बराबरको कार