आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लाका पाँचवटै पालिकाबाट प्रमुख तथा उपप्रमुखसहित सदस्यमा एक हजार ४९१ को उम्मेदवारी परेको छ ।पाँचवटा स्थानीय तहमध्ये सबैभन्दा बढी पोखरा महानगरपालिकामा ८०६ को उम्मेदवारी छ । महानगर प्रमुखमा २८ जना र उपप्रमुखमा ११ जनाको उम्मेदवारी रहेको जिल्ला निर्वाचन कार्यलय कास्कीले जनाएको छ । अन्नपूर्ण गाउँपालिकामा २०६ जनाको उम्मेदवारी परेकोमा पालिका अध्यक्षमा ११ जना र उपाध्यक्षमा पाँच जना छन् । त्यस्तै माछापुच्छ्रे गाउँपालिकामा १८७