समाधान कि निर्देशन ?

काठमाडौं उपत्यकामा नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यकामा खानेपानी लिमिटेड, नेपाल टेलिकम, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, उपत्यकाका विभिन्न स्थानीय तहबीच समन्वय नहुँदा नागरिकले निकै सास्ती भोग्नु परिरहेको छ । समस्याको गाँठो फुकाउनतिर नलागेर भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले तत्काल सडक सुधार गर्न निर्देशन दिएका छन् । वास्तवमा विकास निर्माणका कार्यसँग सम्बद्ध यी निकायले एकअर्कालाई सहयोग गर्नुभन्दा आआफ्नै तरीकाले काम गर्न बढी सक्रिय हुँदा समस्या बढेको हो ।  यो समस्या समाधान गर्न पटकपटक पहल भएर सबै निकायसँग बैठक गरिए पनि समन्वयात्मक ढंगले काम हुन सकेको छैन । महानगरले सडकपेटी बनाउने र त्यसमा प्राधिकरणले तार बिच्छ्याउन खनिहाल्ने, तार बिच्छ्याएपछि त्यसको पुनर्निर्माणमा वास्ता नगर्ने प्रवृृत्ति छ । नेपालमा दण्डहीनता मौलाउँदै गएको छ । समस्या समाधान गर्नेभन्दा पनि एकले अर्कोलाई गल्ती देखाउने प्रवृत्ति हावी छ । जिम्मेवारी पाएकाहरू नै कामबाट पन्छिन अनेक बहाना गर्ने गर्छन् । अधिकार र जिम्मेवारीको सही बाँडफाँट नहुनु तथा त्यसको बोध नहुनु समस्याको जड हो । जति नै गल्ती गरे पनि अर्को पक्षलाई दोष थोपरेर आफू चोखो बन्ने प्रवृत्ति हाबी भएकाले समस्या समाधान हुनभन्दा गुजुल्टो परेर जेलिन थालेको छ ।  नेतृत्वको सफलता समाधान दिएर कामलाई अघि बढाउनु हो । तर, नेपालमा मुख्य जिम्मेवार मानिने मन्त्रीले समाधानका लागि नयाँ उपाय केही पनि ल्याएको देखिँदैन । निर्देशन दिने वा एकाध ठाउँमा आफै गएर काम गरी स्टन्ट देखाउने काम गर्ने गरेको पाइन्छ । समस्याको जडमा पुग्न पर्याप्त अध्ययन जरुरी हुन्छ र कहाँनेर समस्या छ त्यसको समाधान गर्नुपर्छ । यो कामचाहिँ नगरेर निर्देशनमा मात्र रमाउने हो भने समस्या ज्यूँका त्यूँ रहन्छ । जिम्मेवार अधिकारीको लापर्बाहीका कारण राज्यलाई अर्बौंको नोक्सान भइरहेको छ । जिम्मेवारी पुरस्कृत हुनुपर्ने हो । लापरबाही दण्डित हुनुपर्ने हो । तर, जोखिम लिएर कसैले सक्रियता देखाए विधि र प्रक्रियाका नाममा दण्डित गरिन्छ, कामै नगर्नेलाई भने केही पनि गरिँदैन । त्यसैले निर्देशनको भारी बोकाउनुभन्दा काम गर्न बाध्य पार्ने खालको नीतिगत र प्रक्रियागत व्यवस्था बनाउनु आवश्यक छ । 

सम्बन्धित सामग्री

बञ्चरेडाँडाको विवाद समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नुवाकोटको सिसडोल बञ्चरेडाँडा क्षेत्रको विवाद १० दिनभित्र समाधान गरी स्थानीय बासिन्दासँग भएका सम्झौता कार्यान्वयन गर्न निर्देशन दिएका छन्।शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपत्यकाको फोहोरप्रभावित नुवाकोट सिसडोल बञ्चरे क्षेत्रको समस्या समाधानका सम्बन्धमा भएको छलफलमा बोल्दै प्रचण्डले आन्दोलनरत पक्षका माग सम्बोधन गर्न निर्देशन दिएका हुन्।निर्णय कार्यान्वयनका लागि शहरी विकासमन्त्रीको संयोजकत्वमा गठित समितिलाई नि

विद्युतको समस्या समाधान गर्न मुख्यमन्त्री भट्टको निर्देशन

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीमा देखिएको विद्युत्को समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री भट्टलाई यहाँका नागरिकले आज दिपायल राजपुरमा भेट गरी डोटीमा दैनिक विद्युत् अनियमितता भइरहेको गुनासो गरेपछि नेपाल विद्युत् कार्यालय डोटी वितरण केन्द्रका प्रमुख राजेन्द्रलाल देवलाई मुख्यमन्त्री भट्टले विद्युत्को समस्या छिटोभन्दा छिटो समाधान गर्न निर्देशन दिएका थिए । मुख्यमन्त्री भट्टले प्रमुख देवलाई विद्युत् अनियमितताको समस्या तत्काल समाधान गर्न र जटिल खालका सम

चिनी मिलका समस्या समाधान गर्न निर्देशन

संसदीय समितिले चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।संघीय संसद प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सरोकारवाला मन्त्रालय र सम्बन्धित पक्षसँग आवश्यक छलफल गरी चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।मजदुर, ऊखु किसान र चिनी […]

चिनी मिलको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन

संसदीय समितिले चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सम्बन्धित पक्षसँग आवश्यक...

चिनी मिलको समस्या समाधान गर्न समितिको निर्देशन

काठमाडौं : संसदीय समितिले चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ।आइतबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सरोकारवाला मन्त्रालय र सम्बन्धित पक्षसँग आवश्यक छलफल गरी चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो। सम्बन्धित मजदुर, ऊखु किसान र चिनी मिलका प्रतिनिधिसमेत राखेर सम्बन्धित मन्त्रालयसँग समन्वय गरी चिनी मिलमा

चिनी मिलका समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन

काठमाडौं । संसदीय समितिले चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सरोकारवाला मन्त्रालय र सम्बन्धित पक्षसँग आवश्यक छलफल गरी चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने […]

चिनी मिलमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन

काठमाडौँ । संसदीय समितिले चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । आज (आइतबार) सिंहदरबारमा बसेको संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सरोकारवाला मन्त्रालय र सम्बन्धित पक्षसँग आवश्यक छलफल गरी चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने […]

चिनी मिलको समस्या तत्काल समाधान गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ – संसदीय समितिले चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ। आइतबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सरोकारवाला मन्त्रालय र सम्बन्धित पक्षसँग आवश्यक छलफल गरी चिनी मिलको विद्यमान समस्या तत्काल समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय […]

विमानस्थलको समस्या तत्काल समाधान गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन्।उनले सोमबार मन्त्रालयमा अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाही, नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर, विमानस्थलका प्राविधिक सुरक्षा प्रमुख टेकनाथ सिटौला तथा कर्पोरेट प्रमुख महेन्द्र खनाललाई बोलाएर निर्देशन दिएका हुन्।मन्त्रालयमै बोलाएर तत्काल समस

पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा। गणेश पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव विश्व अर्याललाई शनिवार टेलिफोन गरेर तत्काल समस्या समाधान गर्न निर्देशन दिएका उनको सचिवालयले जनाएको छ ।