निगुरो र जिब्रे बेचेर आम्दानी

रौतहट। जंगलमा पाइने निगुरो, जिब्रे लगायतका जंगली तरकारी बेचेर रौतहटका ग्रामीण भेगका स्थानीयले आम्दानी गर्दै आएका छन् । विशेषगरी वर्षाको समयमा जंगलमा पाइने निगुरो, जिब्रे लगायत तरकारी विक्री गरेर ग्रामीण महिला र बालबालिकाले आम्दानी गर्दै आएका हुन् । चन्द्रपुर नगरपालिका–८ बेतौनाकी १४ वर्षीया राधा पटेल अभिभावक र छिमेकीसँग जंगलमा गएर निगुरो र जिब्रे टिपी बजारमा विक्री गर्दै आएको बताउँछिन् । विद्यालय बिदा भएको समयमा निगुरो र जिब्रे टिपी बजारमा विक्री गर्दा शैक्षिक सामग्री लगायतको खर्च टर्दै आएको उनको भनाइ छ । उनको टोलमा उनीमात्र होइन, अन्य बालबालिका पनि विद्यालय बन्द रहेको समयमा निगुरो र जिब्रे टिप्न जाने गरेका छन् । अहिले निगुरो र जिब्रे पाइने समय भएकाले अधिकांश बालबालिका र अभिभावक यसको खोजीमा जाने गरेको स्थानीय बलराम बस्नेतले बताए । यसबाट भएको कमाइले बालबालिकाले पढाइ खर्च जुटाउन सघाउ पुग्ने उनको भनाइ छ । ‘अभिभावकलाई पनि घरखर्च चलाउन सहयोग पुग्ने हुँदा निगुरो, जिब्रे लगायत जंगली तरकारीको खोजीमा स्थानीयको आकर्षण देखिएको छ,’ उनले भने । चन्द्रनिगाहपुर बजारमा निगुरो र जिब्रे प्रतिमुठा २५ देखि ३० रुपैयाँसम्ममा विक्री हुने गरेको छ ।

सम्बन्धित सामग्री

निगुरो बेचेर घरखर्च धान्दै

काठमाडौँ,९ भदौ । सुनसरीको इटहरी–१० की शर्मिला चौधरी दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्छिन् । उनले वैशाखदेखि कात्तिकसम्म निगुरो टिपेरै आफ्नो छ जनाको परिवारको खर्च चलाउँदै आएकि छिन् । दैनिक रु चार सयदेखि रु छ सयसम्म आम्दानी हुने चौधरी बताउछिन् । शर्मिलाजस्तै कमला चौधरी पनि परिवार पाल्न र छोराछोरीको पढाइ खर्च जुटाउन निगुरो टिप्ने […]

निगुरो बेचेर घरखर्च धान्दै

पथरी- सुनसरीको इटहरी–१० की शर्मिला चौधरी दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्छिन्। उनले वैशाखदेखि कात्तिकसम्म निगुरो टिपेरै आफ्नो छ जनाको परिवारको खर्च चलाउँदै आएकी छिन् । दैनिक रु चार सयदेखि रु छ सयसम्म आम्दानी हुने चौधरी बताउँछन्। शर्मिलाजस्तै कमला चौधरी पनि परिवार पाल्न र छोराछोरीको पढाइ खर्च जुटाउन निगुरो टिप्ने गरेको बताउँछिन्। पूर्वी मोरङको […]

निगुरो बेचेर घरखर्च धान्दै

उनले वैशाखदेखि कात्तिकसम्म निगुरो टिपेरै आफ्नो छ जनाको परिवारको खर्च चलाउँदै आएकी छिन्। दैनिक चार सय रुपैँयादेखि छ सय रुपैँयासम्म आम्दानी हुने चौधरी बताउँछिन्।...

निगुरो बेचेर घरखर्च धान्दै

पथरी । सुनसरीको इटहरी-१० की शर्मिला चौधरी दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्छिन् । उनले वैशाखदेखि कात्तिकसम्म निगुरो टिपेरै आफ्नो छ जनाको परिवारको खर्च चलाउँदै आएकी छन् । दैनिक रु ४ सयदेखि रु ६ सयसम्म आम्दानी हुने चौधरी बताउछिन् । शर्मिलाजस्तै कमला चौधरी पनि परिवार पाल्न र छोराछोरीको पढाइ खर्च जुटाउन निगुरो टिप्ने गरेको […]

निगुरो बेचेर घरखर्च धान्दै

सुनसरीको इटहरी–१० की शर्मिला चौधरी दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्छिन् । उनले वैशाखदेखि कात्तिकसम्म निगुरो टिपेर आफ्नो छ जनाको परिवारको खर्च चलाउँदै आएकी छिन् । दैनिक रु चार सयदेखि रु छ सयसम्म आम्दानी हुने चौधरी बताउछिन् । शर्मिलाजस्तै कमला चौधरी पनि परिवार पाल्न र छोराछोरीको पढाइ खर्च जुटाउन निगुरो टिप्ने गरेको बताउछिन् । पूर्वी मोरङको पथरीशनिश्चरे, कानेपोखरी, लेटाङ, भाउन्ने, लक्ष्मीमार्गलगायत सामुदायिक वनमा निगुरो प्रशस्त पाइन्छ । स्थानीय बजारदेखि काठमाडौँका भान्सासम्म पुग्ने

निगुरो बेचेर घर खर्चको जोहो गर्दै ग्रामिण महिला र बालबालिका

सोलुखुम्बु । वर्षायाममा जङ्गलमा पाइने निगुरो बेचेर सोलुखुम्बुका ग्रामीण महिलाले घरखर्चको जोहो गरिरहेका छन् भने विद्यालय उमेरका बालबालिकाहरूले पढाई खर्च जुटाउने गरेका छन् ।  जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाले राम्रो आम्दानी गर्दै आएको निगुरोको व्यापार वर्षायाममा राम्रै फस्टाउने गरेको छ । यसमा पनि अधिकांश महिला र बालबालिकाहरू रहेका छन् । बिहानै खाना खाएर जङ्गल पसेर शुक्रवारको दिन डोकोभरी […]

निगुरो बेचेर मासिक डेढ लाख आम्दानी गर्दैँ विष्णुमाया

तनहुँको ऋषिङ गाउँपालिका ३ गोमनताल निवासी ६२ वर्षीय विष्णुमाया थापा दुई महिना निउरो बेचेर वर्षभरीको लागि चाहिने खर्चको जोहो गर्दै आउनु भएको छ । लामो समय अघिदेखि सदरमुकाम दमौलीमा निगुरो बेचेर घरायसी खर्च नुनतेल लगायतका खाद्यान्न र कपडा एवं दशै तिहारको लागि दक्षिणा रकमको जोहो गर्दैँ आएको घुम्तीमाया बताउनुहुन्छ । ‘‘उत्पादनको लागि लगानी गर्नु नपर्ने, पसिना बगाउन नपर्ने र आम्दानी पनि राम्रो हुने गरेकोले २० वर्ष अघ देखि निगुरो बेचेर घरायसी खर्च धानेको छु’’ विष्णुमायाले भन्नुभयो । दैनिक ५० मुठा निगुरो जङ्गलबाट टिपेर ल्याउने गरेको र ४० रुपियाँको दरले बिक्री गरी दैनिक दुई हजार रुपियाँ आम्दानी गर्ने गरेको विष्णुमायाले बताउनुभयो ।

निगुरो बेचेर मनग्य आम्दानी

पूर्वी नवलपरासी कावासोती–११ की मनमाया बोटे दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्नुहुन्छ । उहाँले चैतदेखि साउन, भदौसम्म निगुरो टिपेर आफ्नो छ जना परिवारको खर्च चलाउँदै आउनुभएको छ ।