बडा दसैं तथा चैतेदसैंमा विशेष मेला लाग्ने बडिमालिका मन्दिरलाई ठूलो शक्तिकेन्द्र मानिन्छ । १२ हजार २ सय १९ फिट उचाइमा अवस्थित यो मन्दिरमा अष्टमीका दिन बलि दिएर टीका लगाउन घरमै पुग्ने चलन छ । सदरमुकाम मार्तडीबाट तीन दिनको पैदल यात्रा गरी बडिमालिका मन्दिर पुग्न सकिन्छ ।