रिभाईभका प्रिन्स दाहाल प्रथम राष्ट्रब्यापी भक्तपुर खुला ब्याडमिन्टन च्याम्पियनसिप २०२२ को अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् । बिश्व जुनियर नम्बर १ खेलाडी प्रिन्सले १६ फिदरका सुजन थापा माथि २१–३, २१–११ को सहज जित निकाले ।भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको च्याम्पियनसिप अन्तरगत भएको खेलमा राष्ट्रिय च्याम्पियन दिपेश धामी पनि अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् । एपिएफका धामीले काठमाडौँ ब्याडमिन्टन एकेडेमीका बविश थापा माथि २१–७, २१–८ को सहज जित निकाले ।