जिल्लाको हिमाली भेगमा शनिबार हेलिकप्टरमार्फत कोरोनाविरुद्धको खोप ढुवानी गरिएको छ । सदरमुकामबाट दुई फ्लाइटमा ३ हजार डोज भेरोसिल खोप पुर्याइएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली शुक्रबार उत्तरी गोरखा पुग्दा खोप लिएर गएको भन्दै मुख्यमन्त्रीको सचिवालयले प्रचार गरेको थियो ।