गृहमन्त्रीको ‘असंसदीय अभिव्यक्ति’ रेकर्डबाट हटाउन माग

प्रमुख प्रतिपक्ष कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्मा बोलेका ‘असंसदीय शब्द’ रेकर्डबाट हटाउन माग गरेको छ । गृहमन्त्री लामिछानेले संसद्मा ‘देशका सूचना बेच्ने व्यक्ति रहेको’ भन्ने शब्द कि संसद्को रेकर्डबाट हटाउनुपर्ने नभए प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिएर ती शब्दको स्वामित्व लिनुपर्ने माग कांग्रेस महामन्त्री गगन थापाले राखेका हुन् ।