अमेरिकाले भन्यो : ‘एमसीसी परियोजना कार्यान्वयनको दिशामा’, १२ बुँदे व्याख्यात्मक घोषणाबारे मौन

फागुन १६, काठमाडौं । अमेरिकाले अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएपछि एमसीसी परियोजना कार्यान्वयनको दिशामा अघि बढेको बताएको छ । काठमाडौंस्थित अमेरिकी राजदूतावासले जारी गरेको विज्ञप्तिमा  अब ५ वर्षीय कार्यक्रम (एमसीसी सम्झौता) कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको उल्लेख छ । ‘एमसीसी सम्झौता अनुमोदन गर्ने या नगर्ने भन्ने निर्णय सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा सधैं नेपाल सरकारको हातमा थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘हस्ताक्षरित प्रतिबद्धतालाई पूरा गर्दै कम्प्याक्टलाई अनुमोदन गर्ने संसद्को निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको सृजना हुनेछ, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुनेछ र ढुवानी खर्च घट्नेछ ।’ अमेरिकाले यो वर्ष नेपाल र अमेरिका बीचको कूटनीतिक सम्बन्धको ७५ औं वर्ष रहेको उल्लेख गर्दै यी ७५ वर्षमा नेपालमा विशाल र अपत्यारिला परिवर्तनहरू भएको बताएको छ । ‘यी परिवर्तनमा हामी नेपालको साथमा उभिएका छौं र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ,‘अमेरिका र नेपालबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो छ । हामी नेपाल र नेपालको लोकतान्त्रिक मूल्यमान्यता तथा दीर्घकालीन आर्थिक समृद्धिलाई निरन्तर रूपमा समर्थन गर्नेछौं ।’ करीब २० वर्षअघि एमसीसीको स्थापना भएयता एमसीसी कम्प्याक्टहरूले विश्वभर नै गरिबी निवारणमा मद्दत गरेको पनि विज्ञप्तिमा उल्लेख छ । ‘आर्थिक स्वतन्त्रता, आफ्ना नागरिकमाथिको लगानी र लोकतान्त्रिक सिद्धान्तको प्रवर्द्धन तथा भ्रष्टाचारविरुद्धको लडाइँसहितको सुशासनप्रति कतिबद्ध विकासोन्मुख राष्ट्रहरूसँग साझेदारी गर्दै एमसीसीले कम्प्याक्ट सम्झौता गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । १२ बुँदे व्याख्यात्मक घोषणासँगै प्रतिनिधि सभाबाट आइतवार एमसीसी सम्झौता अनुमोदन भएपछि अमेरिकाको पछिल्लो धारणा सार्वजनिक भएको हो । तर  नेपालले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणाबारे विज्ञप्तिमा कुनै केहि उल्लेख छैन ।

सम्बन्धित सामग्री

एमसीसी परियोजना अगाडि बढाए सैह्य नहुने विप्लवको चेतावनी

काठमाडौं, ७ भदौ । सरकारले अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) कार्यान्वयन गर्ने तयारी गरेकोप्रति नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आपत्ति जनाएका छन् । विप्लवले आज एक भिडियो सन्देश जारी गर्दै अमेरिकी परियोजना एमसीसीमा विभेदकारी प्रावधान भएकाले अगाडि बढाए सैह्य नहुने चेतावनी दिएका हुन् । उनले एमसीसी राष्ट्रघाती सम्झौता भएकाले त्यसमा आफूहरूले नफस्नको लागि […]

एमसीसी परियोजना : आगामी पुषमा टेण्डर हुने, २०२३ को अगष्टबाट काम सुरु गर्ने तयारी

काठमाडौँ । बहुचर्चित एमसीसी परियोजनाको टेण्डर आगामी पुष महिनामा हुने भएको छ । बिहीबार एमसीसी परियोजना अगाडि बढाउने नेपाली संस्था एमसीए नेपालले अन्तरक्रिया गर्दै आगामी पुष महिनामा टेण्डर आव्हान गर्न लागिएको बताएको हो । मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टका अनुसार ४०० केभी प्रसारण लाइन निर्माण तथा तीनवटा सबस्टेशन निर्माणको लागि […]

एमसीसी परियोजना : आगामी पुषमा टेण्डर हुने, २०२३ को अगष्टबाट काम सुरु गर्ने तयारी

बहुचर्चित एमसीसी परियोजनाको टेण्डर आगामी पुष महिनामा हुने भएको छ । बिहीबार एमसीसी परियोजना अगाडि बढाउने नेपाली संस्था एमसीए नेपालले अन्तरक्रिया गर्दै आगामी पुष महिनामा टेण्डर आव्हान गर्न लागिएको बताएको हो ।मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टका अनुसार ४०० केभी प्रसारण लाइन निर्माण तथा तीनवटा सबस्टेशन निर्माणको लागि टेण्डरको कागजात तयार भइसकेको छ । आगामी पुष महिनामा अन्तर्राष्ट्रिय टेण्डर गरेर परियोजनाका लागि ठेकेदारहरू छनोट गरिने बिष्टले बताए । टेण्डरको

एमसीसी परियोजना कार्यान्वयनमा लैजान विभिन्न पदमा कर्मचारीहरू माग

काठमाडौँ । एमसीसीका कम्प्याक्ट सम्झौता अनुमोदन भएसँगै मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)ले विभिन्न पदमा कर्मचारीहरू माग गरेको छ । एमसीसी परियोजना कार्यान्वयनमा लैजान तयारीका लागि सडक मर्मत तथा प्रविधि सहायतातर्फको परियोजना व्यवस्थापकदेखि ड्राइभर तथा कार्यालय सहयोगीसम्मका पदमा जागिर खुलाएको छ । एमसीए नेपालले असिस्टेन्ट इन्जिनियर (सब स्टेसन), अनुगमन मूल्याङ्कन तथा आर्थिक विष्लेषण गर्ने […]

एमसीसी परियोजना अघि बढाउने सरकारको दायित्व:  गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी परियोजना अघि बढ्ने बताएका छन् । उनले एमसीसी परियोजना अगाडि बढाउने सरकारको दायित्व रहेको पनि बताए । मंगलबार जनकपुरधाममा संचारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले  यसअघिका सरकारकै पालामा एमसीसी परियोजनाका लागि प्रकृयाहरू अगाडि बढाइएको भन्दै यसलाई अगाडि  बढाउनु  वर्तमान सरकारको दायित्व भएको बताए । यद्यपि सबैको सहमति र सहाकार्यकै आधारमा एमसीसी परियोजनाको प्रक्रिया अगाडी बढाइने उनको भनाइ थियो । नेपाली काँग्रेस प्रदेश २ को प्रथम अ

एमसीसी परियोजना स्वीकार्य छैन : नेता श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अहिलेकै अवस्थामा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन–एमसीसी स्वीकार नगर्ने बताउनुभएको छ । श्रेष्ठले सामाजिक सञ्जाल ट्विटर मार्फत नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान एवं राष्ट्रिय हित विपरीतका प्रावधानहरू नसच्याइ अहिलेकै अवस्थामा एमसीसी परियोजना स्वीकार नगर्ने बताउनुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप २६ मा भाग […]

एमसीसी परियोजना सम्झौता चाँडो अनुमोदन गराउन व्यवसायीहरूको आग्रह

काठमाडौँ– अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को नेपाल कम्प्याक्ट सम्झौता पारितका लागि व्यवसायीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने भएका छन् । मङ्गलबार काठमाडौँको दरबारमार्गस्थित पेभेलियन हलमा नेपाल–युएस चेम्बर र इन्टिच्युट फर इस्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) ले संयुक्त रूपमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा व्यवसायीहरूले एमसीसी परियोजना पारितमा ढिलाइ गर्न नहुने साझा धारणा […]

एमसीसी परियोजना पारित गरेर देखाउन सत्ता गठबन्धनलाई चुनौती

काठमाडौं, भदौ २५ । नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले एमसीसी परियोजना पारित गरेर देखाउन सत्ता गठबन्धनलाई चुनौती दिएका छन् । उनले १ सय ६५ सांसदको बहुमत भएको सरकारलाई एमालेको समर्थन किन चाहियो भन्ने प्रश्न गरे । आज बिहान नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता […]