सिन्धुपाल्चोकमा ‘भुइँ मान्छे’ले समेत अपनत्व लिनसक्ने पार्टी बनाउने लक्ष्य छ : वंशलाल तामाङ

काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापतिका उमेदवार वंशलाल तामाङले सिन्धुपाल्चोक जिल्लाका ‘भुइँ मान्छे’लेसमेत अपनत्व लिनसक्ने पार्टी बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन् । तीन दिनपछि हुने जिल्ला अधिवेशनमा संस्थापन इतर समूहबाट सभापति पदको उमेदवार रहेका तामाङले जिल्लामा कांग्रेसलाई टोलदेखि सिङ्गो जिल्लाको विकास गर्ने ‘भिजिनरी’ कांग्रेस बनाउने आफ्नो सपना रहेको बताए ।...