दार्चुला–टिंकर सडक निर्माणमा भारतीय अवरोध रोक्न प्रधानमन्त्री कार्यालयलाई समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले दार्चुला–तिंकर सडक निर्माणका क्रममा भारतीय पक्षबाट हुने अवरोध रोक्न प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, कर्णाली करिडोर खुलालु–लैफु–सलिसल्ला तथा दार्चुला टिंकर कोठधार टिंकर सडकखण्डको नेपाली सेनाका आयोजना प्रमुख लगायतसँगको छलफलपछि समितिले सो निर्देशन दिएको हो । समि