पोखरामा एक करोड लागतमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माण हुने भएको छ । पोखरा महानगरपालिका र गैरआवासीय नेपाली संघ (एनआरएनए) को संयुक्त लगानीमा महेन्द्रपुलमा शौचालय र चमेना गृह निर्माण हुने भएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार उक्त स्थानमा मापदण्डविपरीत निर्माण भएको भौतिक संरचना केही समयअघि महानगरले नै भत्काएको थियो । […]