प्राइम लाइफमा नक्कली कर्मचारी देखाएर ३ करोड अनियमितता

१३ पुस, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्समा नक्कली कर्मचारी देखाएर करोडौं रकम अनियमितता गरेको पाइएको छ । बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिले अनुगमनका क्रममा नक्कली कर्मचारी नियुक्त गरेर ३ करोड रुपैयाँ भन्दा धेरै अनियमितता गरेको फेला पारेको हो । प्राइम लाइफ इन्स्योरेन्सले २९ जना कर्मचारी नियुक्त गरेको भनिए पनि त्यो सबै फर्जी कागजात बनाइएर […]

सम्बन्धित सामग्री

निजामती अस्पतालमै उपकरणमा करोडौं ‘अनियमितता’

काठमाडौं, वैशाख १४ । सरकारका मुख्य सचिव शंकरदास वैरागी अध्यक्ष र चार जना सचिव सदस्य रहेको निजामती कर्मचारी अस्पतालमै कमिसनको चक्करमा १० करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण किनेर प्रयोगविहीन बनाएर राखिएको पाइएको छ । महत्वपूर्ण उपकरणहरु किनेर त्यसै प्रयोगविहीन बनाएर राख्दा अस्पतालको सेवासुविधामा समेत ह्रास आएको छ भने कर्मचारी तथा सर्वसाधारण नागरिक सुलभ मूल्यमा विभिन्न […]

‘लेडिज’ साइकल खरिदमा १० करोड बढी भ्रष्टाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा १० करोडभन्दा बढी अनियमितता भएको ठहरसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बुधबार मधेस प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसालसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । मुद्दा दायर भएलगत्तै भुसालसहित कर्मचारी […] The post ‘लेडिज’ साइकल खरिदमा १० करोड बढी भ्रष्टाचार appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

१६ करोड अनियमितता प्रकरण : सप्तकोशी डेभलपमेन्ट बैंकका चार कर्मचारी पक्राउ

विराटनगर (अस) । करिब १६ करोड रुपैयाँ अनियमितता भएको आरोपमा प्रहरीले सप्तकोशी डेभलपमेन्टका बैंकका सीईओ नवीन सुवेदीसहित लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगरलाई पक्राउ गरेको छ । यसअघि बैंकका जीएसडी प्रमुख हिमाल भट्टराई पक्राउ परेका थिए । बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ घोटाला प्रकरणमा अहिलेसम्म चारजना पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीले चारैजनालाई बैंक कसुर अन्तर्गत अनुसन्धान गरिरहेको छ । राष्ट्र बैंकमा बेनामे उजुरी परेपछि बैंकभित्र भइरहेको अनियमितताबारे खुलासा भएको थियो । बैंकको कर्पोरेट कार्यालय विराटनगरमा छ । कार्यालयबाटै रेमिट्यान्सको १५ करोड ७० लाख रुपैयाँ हिनामिना भएको खुलेको थियो । यति ठूलो रकम पछिल्लो ६ वर्षयता हिनामिना हुँदा बैंक बेखबर जस्तै देखिनु र प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा अधिकांश पैसा ‘ट्रान्सफर’ भएको देखिनुले यो प्रकरणमा सीईओ लगायत उच्च अधिकारी शंकाको घेरामा परेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । बैंकको रेमिट शाखाबाट भएको यो हिनामिनामा बबिता सुवेदीको नाममा मात्रै १४ करोडभन्दा बढी रकम ‘ट्रान्सफर’ भएको नेपाल राष्ट्र बैंकमा परेको उजुरीमा उल्लेख छ । बबिता सीईओ सुवेदीकी नातेदार हु्न् । उजुरीका अनुसार सन् २०१६ देखि २०२१ अगस्ट २ तारिखसम्ममा बबिताको नाममा रहेको प्राइम बैंकको खाता नं ९९९००००१५००१५ बाट १४ करोड गैरकानूनी ढंगबाट निकालिएको छ । बविताको नाममा फर्जी खाता सीईओ सुवेदी र हाल प्रहरी नियन्त्रणमा रहेका रेमिट शाखा प्रमुख हिमाल भट्टराईले बनाएको आरोप लागेको छ । सो प्रकरणमा उनलाई जिल्ला प्रहरी मोरङले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्राइम लाइफमा नक्कली कर्मचारी बनाएर तीन करोड घोटाला

प्राइम लाइफ इन्स्योरेन्समा बिमा समितिले अनुगमनका क्रममा नक्कली कर्मचारी नियुक्त गरेर ३ करोड रुपियाँभन्दा धेरै अनियमितता गरेको फेला पारेको छ । बिमा समिति बिमा कम्पनीहरूको नियामक निकाय हो ।

सप्तकोशी डेभलपमेन्ट अनियमितता प्रकरण : थप दुई कर्मचारी निलम्बित

विराटनगर– सप्तकोशी डेभलपमेन्ट बैंक विराटनगरको कर्पोरेट कार्यालयमा १६ करोड रुपैयाँ हिनामिना गरेको घटनामा थप दुई जना कर्मचारी निलम्बित भएका छन् । अनियमितताको घटनामा संलग्न रहेको आशंका गर्दै बैंकले थप दुई कर्मचारीलाई निलम्बन गरेको बैंकका एक कर्मचारीले बताए । बैंकले निलम्बनमा परेका कर्मचारीको नाम भने गोप्य राखेको छ । अनियमितताको घटनामा एक कर्मचारी यसअघि नै पक्राउ […]

नक्कली कर्मचारी देखाएर तीन करोड अनियमितता भएको भन्दै प्राइम लाइफसँग स्पष्टीकरण

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले नक्कली कर्मचारी देखाएर तीन करोडभन्दा बढी अपचलन भएको भन्दै बिमा समितिले सातदिने स्पष्टीकरण सोधेको छ ।  वैदेशिक रोजगारी म्यादी बिमालेख अन्तर्गत म्यानपावरमा कार्यरत २९ जनालाई कर्मचारी बनाएर तलब निकासा भएको खुल्न आएको भन्दै बिमा समितिले कम्पनीलाई कारवाहीको लागि स्पष्टीकरण माग गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७४/०७५...

६६ लाख अनियमितता गर्ने बैंक कर्मचारी पक्राउ

६६ लाख रुपैयाँ अनियमितता गरेर ४ करोड थप ठग्न खोज्ने कृषि विकास बैंक खजुरा शाखाका एक कर्मचारीलाई निलम्बन गरेर कानुनी कारवाही अगाडि बढाइएको छ । कृषि विकास बैंक खजुरा शाखाले दिएको जानकारीअनुसार खजुरा शाखाका व्यवसाय सहायक घनश्याम अधिकारीले सूचना प्रविधिको दुरुपयोग गरी ६६ लाख रुपैयाँ अनियमितता गरेको भेटिएको छ भने उनले सवा ४ करोड अनियमितता गर्न खोज्दा सो को खुलासा भएको छ ।