एमाले उम्मेदवार छनोटको विधि र मापदण्ड केन्द्रीय कमिटीले तय गर्ने

नेकपा एमालेको भदौ १० र ११ गते बस्ने केन्द्रीय कमिटी बैठकले उम्मेदवारको मापदण्ड र विधि तय गर्ने भएको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीले उम्मेदवारको विधि र मापदण्ड तय गर्ने प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । ‘उम्मेदवार छनोटको विधि र प्रक्रिया निर्धारण गर्ने काम केन्द्रीय कमिटीले गर्छ । विधि तोकिएपछि जिल्ला, प्रदेश हुदै केन्द्रमा आउछ’, गुरुङको भनाइ छ । उनले राजनीतिक कार्यदिशा, रणनीतिबारे अध्यक्षको प्रतिवेदनमा समेटिने बताए । उनले आगामी सरकार