कपिलको टेन्सन सकियो, यसकारण मख्ख छन्!

टेलिभिजनमा कमेडी कार्यक्रम 'द कपिल शर्मा' शो बाट लोकप्रिय भएका कमेडियन कपिल शर्माले आफ्नो फिल्मको रिलिज मिति घोषणा गरेका छन्। अष्ट्रेलियाबाट फर्कदा सहर्मीसँग दुर्व्यवहार गरेपछि शो को टीआरपी लगातार घटेको कारण तनावमा रहेका कपिल अहिले फिल्म ‘फिरंगी’को रिलिज मिति तय भएका कारण मख्ख परेका छन्। उनले आफ्नो ट्वीटर अकाउण्टबाट फिल्म ‘फिरंगी’को रिलिज मिति सार्वजनिक गरेका…

सम्बन्धित सामग्री

बिखालु सामाजिक सञ्जाल

आजभोलि मानिसले आफ्नो जीवनको असीमित र बहुमूल्य समय अनलाइन मिडियामा खर्च गरेका छन्। उनीहरू आफूलाई अनलाइनमा समर्पित गर्दै मख्ख परेर बसेका छन्।...

सूचक हेरेर मख्ख सरकार

काठमाडौं। धरातलीय वास्तविकता फरक भए पनि सरकार आर्थिक परिसूचकहरू हेरेर रमाइरहेको पाइएको छ । बुधवार सार्वजनिक गरिएको मन्त्रालयगत प्रगति विवरण समेटिएको ‘रिपोर्ट कार्ड’मा आर्थिक परिसूचकहरूमा ‘राम्रो सुधार’ आएको उल्लेख गरेर सरकारले अर्थतन्त्रको वर्तमान अवस्थाप्रति सन्तुष्टि प्रकट गरेको हो ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको समीक्षा’ कार्यक्रममा चालू आर्थिक वर्षको साउनको र अघिल्ला दुई आर्थिक वर्षको प्रगति तुलना गरिएको रिपोर्ट कार्ड सार्वजनिक गरिएको थियो । रिपोर्ट कार्डमा विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्स आप्रवाह बढेको, शोधनान्तर स्थिति बचतमा गएको, व्यापारघाटाको आकार घटेकोलगायत तथ्यांकलाई सकारात्मक संकेत मानिएको छ । निजीक्षेत्रले भने बजार माग घट्दा उद्योगहरूको उत्पादन घटाउनु परेको, आर्थिक गतिविधि सुस्ताउँदा धान्नै मुश्किल परेको जस्ता गुनासो गरिरहेको छ ।  सरकारी तथ्यांकहरूले नै पनि सहज अवस्थाको संकेत गर्दैनन् । आयात–निर्यात अघिल्लो वर्षको तुलनामा घटेको छ । बजेटले अघिल्लो वर्षको यथार्थको तुलनामा ४८ प्रतिशतभन्दा धेरैले राजस्व बढाउने लक्ष्य राखे पनि बुधवारसम्मको संकलन पोहोरको हाराहारीमै छ । राजस्व संकलनको तथ्यांक आर्थिक गतिविधि बढ्न नसकेको बलियो प्रमाण हो ।  सरकारले अर्थतन्त्रका सूचकहरू सकारात्मक रहेको प्रतिवेदन सार्वजनिक गरेकै दिन सरकारी समाचार संस्था राससले हेटौंडा औद्योगिक क्षेत्रका उद्योगहरूले क्षमताको ४० प्रतिशत मात्रै उत्पादन गरिरहेको रिपोर्ट सम्प्रेषण गरेको छ । आर्थिक मन्दीले उत्पादन गरिएको उक्त समाचारमा उल्लेख छ ।  रिपोर्ट कार्डमा अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा यस आर्थिक वर्षमा नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवस्थामा राम्रो सुधार आएको देखिए पनि लक्ष्यअनुसार प्रगति हुन नसकेको उल्लेख छ । सरकारले आर्थिक परिसूचक तथा बजेट कार्यान्वयनमा राम्रो सुधार आएको बताए पनि विज्ञहरू त्यो मान्न तयार छैनन् ।  राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेल अर्थतन्त्रमा कुनै सुधार नआएको बताउँछन् । सरकारले सही नीति लिन नसक्दा अर्थतन्त्र शिथिल बनेको र अर्थतन्त्र मन्दीमै फसिरहेको उनको भनाइ छ । बजेट सार्वजनिक भएको लामो समयसम्म पनि अहिलेसम्म नीतिगत व्यवस्थाहरू लागू हुन नसकेको उनले बताए । ‘बजेटमा घोषणा गरिएका धेरैजसो योजना, कार्यक्रम कार्यान्वयनमै गएका छैनन्, सरकारको रिपोर्टको अर्थ छैन,’ उनले आर्थिक अभियानसँग भने ।  यता प्रधानमन्त्री पुष्पकमल दाहालले भने जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले परिणाम दिन नसकेको बताउनुभएको छ । आफ्नो कार्यादेशअनुसार कर्मचारीले जोखिम उठाउन सक्नुपर्ने बताउँदै उहाँले कर्मचारीलाई प्रभावकारी हिसाबले काम गर्न निर्देशन दिनुभयो । कार्यक्रममा ‘रिपोर्ड कार्ड’को प्रस्तुतिपछि प्रधानमन्त्री दाहालले जोखिम उठाउन तयार हुने मनोविज्ञानले मात्र राम्रो परिणाम दिने बताउनुभयो । ‘हामी सबैले जिम्मेवारी वहन गर्नेतिरबाट सोच्नुपर्छ । जिम्मेवारी पन्छाउने प्रवृत्तिले परिणाम दिँदैन,’ उहाँले भन्नुभयो, ‘जिम्मेवारीमा जोखिम हुन्छ । सबै कर्मचारी जोखिम मोल्न तयार भए मात्रै परिणाममुखी नतिजा आउँछ ।’  प्रधानमन्त्री दाहालका अनुसार नीति तथा कार्यक्रम र बजेटको मासिक समीक्षा गर्ने प्रक्रियाको थालनी हुनु निकै राम्रो पक्ष हो । राम्रो परिणाम ल्याउन आगामी दिनमा धेरै मेहनत गर्नुपर्ने र यसले प्रभावकारी परिणाम दिने उहाँले बताउनुभयो ।  रिपोर्ट कार्डमा सरकारका विभिन्न मन्त्रालयले आव २०७९/८० मा सम्पादन गरेका कामको विवरण उल्लेख गरिएको छ ।  रिपोर्ट कार्डमा सबै मन्त्रालयका माइलस्टोन, सम्पन्न भएका काम, चालू काम र शुरू हुन बाँकी कामको सूची समेटिएको छ ।

हिमाली पर्यटनमा सुधार, मख्ख पर्यटन व्यवसायी

काठमाडौं, वैशाख १०। आरोहणको ऋतु सुरु भएसँगै लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल व्यस्त भएको छ। आरोहण तथा ट्रेकिङमा जाने आन्तरिक र बाह्य पर्यटकको आवागमन बढेसँगै लुक्लामा अहिले काठमाडौं तथा रामेछापको मन्थली विमानस्थलबाट दैनिक दर्जनौँ उडान भइरहेका छन्। लुक्ला विमानस्थलका अनुसार रामेछापलाई आधार बनाएर उड्ने जहाज, काठमाडौंबाट हुने सिधा उडान र हेलिकोप्टरमार्फत पर्यटक धमाधम लुक्ला भित्रिने गरेका […]

गठबन्धन छ भनेर मख्ख हुने बेला छैन : नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन छ भनेर मख्ख हुने बेला रहेको बताएका छन् । शनिवार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपाल भने, 'गठबन्धन छ भनेर मख्ख हुने बेला छैन ।'

आजबाट अण्डाको मूल्य बढ्यो, बिचौलिया मख्ख

काठमाडौं, फागुन २६ । नेपाल अण्डा उत्पादक संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । संघले चितवन जिल्लालाई आधार मानेर बढाएको मूल्य अनुसार ठूलो अण्डाको प्रतिक्रेट ३९५ रुपैयाँ र मध्यम अण्डाको प्रतिक्रेट ३६५ रुपैयाँ पुगेको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३६५ र मध्यम अण्डाको मूल्य प्रतिक्रेट ३३५ रुपैयाँ थियो । बढेको मूल्य अनुसार […]

ढाका टोपीमा मख्ख अमिताभ बच्चन

एजेन्सी, २४ फागुन । बलिउड महानायक अमिताभ बच्चनले नेपालीको पहिचान बोकेको ढाका टोपी लगाएका छन् । बच्चन आफैले आफ्नो शिरमा ढाकाटोपी लगाएको तस्बीर सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सार्वजनिक गरेका हुन् । तस्बिर शेयर गर्दै उनले लेखेका छन्,‘केटीको केटीको’ । ढाका टोपीमा मख्ख बच्चनले दुईटा हात कम्मरमा राखेका छन् । उनको तस्बिरलाई नेपाली शुभचिन्तकहरले नेपाल र नेपालीप्रति […]

सलमान खानसँग श्रीमान उदीपको तुलनाले नायिका आँचल मख्ख

काठमाडौं । नायिका आँचल शर्मासञ्चार माध्यमलाई अन्तर्वार्ता दिने क्रममा केही न केही भाइरल क्लिप दिने गरी बोल्ने गरेकी छन् ।  वैवाहिक बन्धनमा बाँधिएलगत्तै एक अन्तर्वार्तामा उनले आफ्ना श्रीमान् उदीप श्रेष्ठ बलिउड अभिनेता सलमान खान जस्तै लाग्ने बताएकी थिइन् । सो अभिव्यक्तिलाई लिएर आँचल ट्रोलको सिकार बनिन् ।  यो केही वर्षअघिको कुरा हो । तर, अहिलेसम्म […] The post सलमान खानसँग श्रीमान उदीपको तुलनाले नायिका आँचल मख्ख appeared first on राजधानी राष्ट्रिय दैनिक.

पूर्वप्रधानमन्त्री ओलीकाे कुरा सुनेर करिश्मा मख्ख

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले फोन गरेको खबरले केही दिन अगाडि राम्रै चर्चा पायो । उनले सामाजिक सञ्जालमा स्टाटस अपडेट गर्दै कल डिटेलको स्क्रिनसटसमेत राखेकी थिइन् । त्यहाँ केपी शर्मा ओली नाम गरेको नम्बरमा कल गएको देखिएपछी करिश्मा सामाजिक सञ्जाल ट्रोलसमेत बनेकी थिइन् । तर, अहिले भने करिश्माले पूर्वप्रधानमन्त्री ओलीलाई […] The post पूर्वप्रधानमन्त्री ओलीकाे कुरा सुनेर करिश्मा मख्ख appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मख्ख सारा

२०१८ मा सबैभन्दा बढी चर्चा जाहन्वी कपुर तथा सारा अली खानको भयो । वर्षको अन्तिममा प्रदर्शनमा आए— केदारनाथ तथा सिम्बा । यी दुवै चलचित्रकी अभिनेत्री हुन्— सारा अलि खान । पहिलो कदममै दुईवटा हिट चलचित्र दिएपछि सारा यतिबेला मख्ख छिन् ।