अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिन व्यवस्था गरिएको बताएका छन् । आइतबार बिहान भन्सार विभाग, त्रिपुरेश्वरमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले आयातमा गरिएको कडाइले भन्सार असुली प्रभावित भएपनि मेहनत गरेर लक्ष्यमा पुग्न निर्देशन पनि दिए ।‘देशको अर्थतन्त्र यतिबेला चुनौतीपूर्ण अवस्थामा छ । यसलाई समाधान गर्न हामीले केही बस्तुको आयातमा मार्जिन राखेका छौं,’ उनले भने, &l