बागमती सबैभन्दा प्रतिस्पर्धी

प्रदेश सरकारमध्ये बागमती प्रदेश सबैभन्दा धेरै प्रतिस्पर्धी देखिएको छ । सङ्घीयता कार्यान्वयन पछि नेपालको आन्तरिक प्रतिस्पर्धात्मक क्षमता सम्बन्धमा गरिएको एक अध्ययन प्रतिवेदनले बागमती सबै सूचकमा अब्बल पाइएको हो । नेपाल इन्स्टिच्युट फर पोलिसी रिसर्चले मङ्गलबार सार्वजनिक गरेको ‘नेपाल कम्पिटेटिभनेस इन्डेक्स २०२२’ ले बृहत् आर्थिक स्थायित्व, सरकार र संस्थागत व्यवस्था, वित्तीय व्यवसाय र जनशक्ति अवस्था, जीवनको गुणस्तर तथा पूर्वाधार विकासजस्ता सूचकमा बागमती प्रदेश सबैभन्दा अगाडि देखाएको हो । एसिया कम्पिटेटिभनेस इन्स्टिच्युटको सहकार्यमा यो पहिलो पटक तयार गरिएको प्रतिवेदन हो ।

सम्बन्धित सामग्री

तीन वटा स्थानीय आर्थिक उपक्षेत्र छनोट

सिमकोट – सिमकोट गाउँपालिकाले आफ्ना सबैभन्दा प्रतिस्पर्धी स्थानीय आर्थिक उपक्षेत्र छनोट गरेको छ। देशका स्थानीय तह मध्य नवप्रवद्र्धनमा छनोट गरेपछि त्यसबापत सरकारबाट उपलब्ध अनुदान सहयोगको बजेटका लागि ती उपक्षेत्र छनोट गरेको हो। गाउँपालिकाका अध्यक्ष विजय भण्डारीका अनुसार स्थानीय आर्थिक विकासका लागि गाउँपालिकाले सम्भावित प्राथमिकतामा कृषिमा रैथाने बाली, पर्यटन र जडीबुटी क्षेत्रलाई स्थानीय आर्थिक विकासका उपक्षेत्रका […]

भारतीय मिडियाकी सबैभन्दा शक्तिशाली महिला

केही महिनाअघि मात्रै एसियाकै सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीकी श्रीमती निता अम्बानी परोपकारमा ध्यान केन्द्रित गर्न भन्दै व्यवसायबाट टाढिएकी थिइन् । तर, अहिले उनै निता भारतीय मिडियाको प्रतिस्पर्धी दुनियामा ठूलो कार्यभार...

भ्वाइसको ‘लाइभ राउण्ड’बाट बाहिरिने पहिलो प्रतिस्पर्धी बन्यो ‘फेथओम ब्याण्ड’

काठमाडौं । फेथओम ब्याण्ड ‘द भ्वाइस अफ नेपाल’को जारी सिजनबाट बाहिरिएको छ । शुक्रबार बेलुकाको पहिलो ‘लाइभ राउण्ड एपिसोड’मा ब्याण्ड बाहिरिएको दृश्य मर्मस्पर्शी देखियो । सबैभन्दा कम मत ल्याएको आधारमा ब्याण्ड बाहिरिएको घोषणा शोका निर्देशक लक्ष्मण पौडेलले गरेका थिए । शनिबारको एपिसोडबाट पनि कम मत ल्याउने थप एक प्रतिस्पर्धी बाहिरिनेछन् । सुरुआतदेखि नै दमदार प्रस्तुति […]

गण्डकीको मुख्यमन्त्री को ? यि हुन् गठबन्धनभित्रका मुख्य प्रतिस्पर्धी

पोखरा । निर्वाचन आयोगले समानुपातिक सांसदको सूची सार्वजनिक गर्दै छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३६ जना प्रत्यक्ष निर्वाचनबाट चुनिएर आइसकेका छन् । दलहरुले समानुपातिकको सूची पनि बुझाएका छन् । करिव करिव ६० सांसदको टुंगो लाग्ने अवस्थामा छ । अब निर्वाचित सांसदहरुको सपथ सबैभन्दा पहिलो कार्यसूची हुनेछ । प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेपछि संसद […] The post गण्डकीको मुख्यमन्त्री को ? यि हुन् गठबन्धनभित्रका मुख्य प्रतिस्पर्धी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पहिला सहयात्री, अहिले प्रतिस्पर्धी

मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिला एउटै दलका सहकर्मीका साथै चुनावी तालमेल गरेर सहयात्री बनेका नेताहरू नै मुख्य प्रतिस्पर्धीका रूपमा खडा भएका छन् ।अघिल्लो चुनावमा भन्दा अहिले दलीय तालमेल फेरिनु, पार्टीहरू विभाजन हुनु र दल अदलबदलले पहिला सहकर्मी र सहयात्री बनेका नेताहरूबीच नै प्रतिस्पर्धा हुन लागेको हो ।अघिल्लो निर्वाचनमा मुख्य प्रतिस्पर्धी बनेका दल र नेताहरू अहिले सबैभन्दा नजिकका सहयोगी बन्न पुगेका छन् । पार्टीले दिएका उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै विद्रोही बनेकालाई छाड्ने ह

सबैभन्दा धेरै सदस्य भएको पाटन बारमा आज मतदान हुँदै

नेपालको ९० वटा बार इकाइमध्ये सबैभन्दा बढी सदस्य सङ्ख्या भएको पाटन उच्च अदालत बार एसोसिएसनको २०औँ नयाँ कार्यसमितिका लागि आज मतदान भइरहेको छ । नेपाल बारलाई समेत टक्कर दिने बारका रुपमा रहेको उक्त बारमा दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । त्यसमध्ये प्रजातान्त्रिक समूहमा रामकृष्ण शर्मा र प्रगतिशील समूहमा शान्तिराम खतिवडा प्रतिस्पर्धी रहेका छन् ।प्रगतिशील समूहमा नेकपा (एमाले) र समाजवादी निकट कानून व्यवसायी रहेका छन् भने बाँकी सबै प्रजातान्त्रिक समूहमा छन् ।    नयाँ कार्यसमितिमा पाँच

पचराैताकाे मेयर र उपमेयरमा एमाले विजयी, बन्याे बाराकाे सबैभन्दा ठूलाे दल

बारा – बाराको पचरौता नगरपालिकामा नेकपा एमालेले जित हात पारेको छ । मेयरमा नेकपा एमालेका जलन्धर सिंह र उपमेयरमा नसिमा खातुन निर्वाचित हुनुभएको हो ।  सिंह चार हजार सात सय ३२ मत प्राप्त गरेर मेयरमा विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का रमेश यादवले चार हजार चार सय ६१ मत प्राप्त गर्नुभयाे ।  उपमेयरमा खातुन चार हजार पाँच सय ३८ मत ल्याएर विजयी हुनुभयाे ।  उहाँका प्रतिस्पर्धी जसपाकी सगुफा खातुनले तीन हजार पाँच सय तीन मत प्राप्त गर्नुभयाे ।  यो जितसँग...

महानगरमा सबैभन्दा बढी मतान्तरले जित्दै राजेशमान सिंह, चलेन सरावगीको चाल

वीरगंज : जनता समाजवादीका उम्मेदवार राजेशमान सिंहले महानगरपालिका मध्ये सबैभन्दा बढी मतान्तरले आफूलाई सुरक्षित गरेका छन्। औपचारिक जितको घोषणामात्र गर्न बाँकी वीरगंज महानगरपालिकको मेयरमा सिंहले ४३ हजार १ सय ३२ मत जोड्दा सबैभन्दा निकट प्रतिस्पर्धी नेकपा एमालेका विजयकुमार सरावगीले २२ हजार ८९ मत मात्र ल्याएका छन्। वीरगंजमा पनि थोरैमात्र मत…

सामसुङले किन गर्‍यो एप्पलको ट्रोल ?

सामसुङ र एप्पल संसारका सबैभन्दा ठूला दुई प्रविधि कम्पनीहरु मात्र होइनन् एक अर्काका तिव्र प्रतिस्पर्धी पनि हुन् । को भन्दा को कम भन्दै उपभोक्तालाई उत्कृष्ट प्रडक्टहरु उपलब्ध गराउने प्रयास दुबै कम्पनीले गर्दै आएका छन् । हालै एप्पलले आफ्नो नयाँ स्मार्टफोन आइफोन १३ सिरिज एक विशेष समारोह बीच सार्वजनिक गर्‍यो । आइफोन १३ सिरिजका ४ आइफोनमा […]

पहिलोपटक भारतबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात शुरू गरेको छ । प्राधिकरणले शनिवार राति १२ बजेदेखि भारतको खुला बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात गर्न थालेको हो । प्राधिकरणले केही समयअघि भारतको ऊर्जा मन्त्रालयबाट त्यहाँको विद्युत् एक्सचेन्ज बजारमा प्रवेश गर्न अनुमति दिएको थियो । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर प्राधिकरणले प्रतियुनिट ३ दशमलव ८१ भारतीय रुपैयाँमा २०० देखि २५० मेगावाटसम्म विद्युत् ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गरेको हो । यससँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत् व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एशियाकै पहिलो राष्ट्र बनेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । पहिलेदेखि नै तयारी गरिएकाले अनुमति पाउनासाथ भारतीय बजारमा प्रवेश गरी विद्युत् खरीद गर्न प्राधिकरण सफल भएको उनको भनाइ छ । ‘प्राधिकरणले पहिलोपटक भारतीय बजारले निर्धारण गरेको दरमा विद्युत् खरीद गर्दा अहिले आयात गरिरहेको मूल्यभन्दा भारू ३७ पैसा सस्तो परेको छ,’ उनले भने । प्राधिकरणले अहिले भारतबाट ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारणमार्फत आयात गर्ने विद्युत्को प्रतियुनिट मूल्य ४ दशमलव १८ भारू छ । प्राधिकरणले अहिले सबैभन्दा धेरै विद्युत् यही प्रसारण लाइनमार्फत आयात गरिरहेको छ । प्राधिकरण र भारतीय कम्पनी एनटीपीसी विद्युत् निगम लिमिटेड (एनभीभीएन)बीच ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत जुलाई–नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३५० मेगावाटसम्म र मे–जुनमा २०० मेगावाटसम्म विद्युत् खरीदविक्री सम्झौता (पीपीए) भएको छ । पीपीएको म्याद ३० जुन २०२१ सम्म छ । पीपीएको उक्त म्याद सकिएपछि थप सम्झौता गर्न आवश्यक पर्दैन । भारतीय एक्सचेन्ज बजारबाट विद्युत् खरीदका लागि प्राधिकरणका तर्फबाट सम्पूर्ण कारोबार भारतीय नोडल कम्पनी एनभीभीएनले गर्नेछ । एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउनेछ । एक्सचेन्ज बजारमा कारोबार भएको विद्युत्को दैनिक बिल एनभीभीएनले पेश गरेपछि ५ दिनभित्र प्राधिकरणले भुक्तानी पठाउनुपर्ने व्यवस्था रहेको कार्यकारी निर्देशक शाक्यले बताए । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई विद्युत् उत्पादन शुरू भएपछि आन्तरिक खपत भएर जगेडा भएको विद्युत् भारतीय बजारमा विक्री गर्ने योजना प्राधिकरणको छ । नेपाल भारतीय ऊर्जा एक्सचेन्ज बजारको सदस्य भएको र प्रवेश पनि पाइसकेकाले विद्युत् विक्रीका लागि पनि थप सहज हुने कार्यकारी निर्देशक शाक्यको भनाइ छ । केही समयअघि भारतले अन्तरदेशीय विद्युत् आयात निर्यात कार्यविधि जारी गरेको थियो । त्यसअनुसार अब नेपाल र भारतबीच खुला रूपमा विद्युत् आयात निर्यात गर्न सकिन्छ । सोहीअनुसार नै भारतले अहिले प्राधिकरणलाई खुला बजारबाट विद्युत् किन्न स्वीकृति दिएको हो ।