बाढीपहिरो  अपडेट  : १११ जनाको मृत्यु, ४२ जना घाइते, ३७ जना बेपत्ता

कात्तिक ६, काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी १११ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परी प्रदेश नं १ मा ६५ जना, बाग्मती प्रदेशमा १ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३२ जना गरी जम्मा १११ जनाको मृत्यु भएको हो ।  साथै १ नम्बर प्रदेशमा २१ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४२ जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ११ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ३७ जना वेपत्ता भएका छन् ।  बाढीको कारण जम्मा २ हजार २३२ ओटा घर डुबानमा परेका छन् । ७८ ओटा घर, १६ ओटा गोठ, ६ ओटा पुल, १ ओटा विद्यालय र ३ ओटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १८६ ओटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का् घटनाबाट १ हजार १८८  ओटा घर परिवार विस्थापित भएको केन्द्रीय प्रहरी समाचार कक्षले बताएको छ ।