काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित पश्चिमी क्षेत्रमा पानी पर्न थालेको छ । अहिले यी क्षेत्रमा हल्का पानी परेको र दिउँसोपछि जमिन भिज्ने गरी पानी पर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार पानी पार्ने प्रणाली पूर्वी क्षेत्रमा सरिरहेकाले दिउँसोपछि पूर्वी क्षेत्रमा पनि जमिन भिज्ने गरी पानी पर्ने सम्भावना छ । स्थानिय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । आज धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।
सुदूरपश्चिम, कर्णाली, गण्डकीलगाय...