गणेशपुर पचपन्न वर्षपछि सडक सञ्जालमा जोडियो

शुक्लाफाँटा नगरपाालिका–१ गणेशपुरका शेरसिंह राना निकै खुसी देखिन्छन् । घर जोडने सडक निर्माण भएपछि उनी खुसी भएका हुन् । बसोबास भएको ५५ वर्षपछि राना परिवार सडक सञ्जालमा जोडिएका हुन् ।“घर वरिपरि खेत थियो, त्यसमै पुख्र्यौली घर थियो”, उनले भने, “घर आउजाउ गर्नका लागि सडक त परको कुरा हिँडडुल गर्ने बाटो नै थिएन । खेतको आली भएर हिँडडुल गर्नुपर्दथ्यो ।” खेतको आली भएर घरपालुवा जनावर र परिवारका सदस्यले हिँड्ने गरेको उनले बताए ।“अर्काको खेत भएर जनावरलाई डोहोर्याएर लैजा