काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको परिणाम घोषणा भएको छ। महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम घोषणा भएको हो।महिला क्लस्टरमा शेरबहादुर देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ले शेखर कोइराला प्यानलका उम्मेदवार कमला पन्तलाई पराजित गरेकी छन्। डिनाले २५३३ मत पाउँदा पन्तले २१०५ मत ल्याइन।आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा पनि कोइराला प्यानलका विकास लामालाई हराउँदै देउवा प्यानलबाट भीष्मराज आङ्देम्बे निर्वाचित भएका