गत साता राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसेनापति, पूर्वसेनापति र सेनाका अवकाशप्राप्त उच्च पदाधिकारीहरूका लागि आयोजना गरेको रात्रिभोज, त्यहाँ उठाइएको नागरिकता विधेयकको विषय र राष्ट्रपतिका भनाइले नेपालको राजनीति तथा संवैधानिक प्रणालीलाई नियालिरहेकाहरू सबैको ध्यान तानेको हुनुपर्छ ।