सहरहरूको सुन्दरता बढाउने र विद्युत् खपत बढाउने उद्देश्यसहित नेपाल विद्युत् प्राधिकरणले ‘उज्यालो र सफा सहर अभियान’ चलाउने भएको छ । विभिन्न नगरपालिकासँग समन्वय गरेर मुख्य सडक, सम्पदा क्षेत्र, तथा पर्यटकीय स्थलमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गर्ने, तार भूमिगत बनाउन अभियान सुरु गर्न लागेको प्राधिकरणले जनाएको छ ।