प्रत्यक्ष निर्वाचन प्रणालीबाट मात्रै नेपाली समाजको विविधता राजनीतिक प्रतिनिधित्वमा नसमेटिएपछि त्यसमा सुधार ल्याउन भन्दै १५ वर्षअघि (२०६४ देखि) लागू गरिएको समानुपातिक प्रणालीमा विकृति बढेको छ । शक्ति, पहुँच र पैसाका आधारमा समानुपातिक उम्मेदवार बन्नेदेखि एकै व्यक्तिलाई बारम्बार दोहोर्याएर संसद् प्रवेश गराउनेसम्मका प्रवृत्ति यसबीच देखिएका छन् ।