मोरङमा रहेका सत्ता गठबन्धनका ४ दलको संयुक्त बैठकले गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि वडास्तरसम्म संयुक्त बाम लोकतान्त्रिक निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ । समिति आगामी २८ गतेभित्र बनाइसक्ने र निर्वाचन परिचालन समिति बनाउँदा प्रतिनिधिसभाको उम्मेदवार रहने दलको प्रतिनिधि उक्त क्षेत्रको संयोजक रहने गठबन्धन दलले निर्णय गरेका हुन् । यस्तै संयुक्त बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन सचिवालय मोरङ नेपाली कांग्रेस कार्यवाहक सभापति नागेश कोइरालाको संयोजकत्वमा १७ सदस्य समित