नेता गौतमलाई स्थायी कमिटी बैठकमा सहभागी हुन उपप्रधानमन्त्री पौडेलको आग्रह

काठमाडौं।एमाले नेता वामदेव गौतम र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलबीच पार्टी एकताको विषयमा छलफल भएको छ।आज नेता गौतम निवास भैंसेपार्टी पुगेका पौडेलले स्थायी कमिटी बैठकमा सहभागी हुन र पार्टी एकताको लागि पहल गर्न अनुरोध गरेका थिए।प्रतिउत्तरमा गौतमले जेठ २ अगाडि पार्टीको संरचना कायम गरे एकता हुने बताएका थिए।नेता गौतम र पौडेलको भेट अनौपचारिक भएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले बताए।

सम्बन्धित सामग्री

माओवादी स्थायी कमिटी बैठक सर्‍यो

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक भेली बस्ने भएको छ। आज बस्ने भनिएको बैठक प्रतिनिधि सभा बैठकको कारणले स्थगित भएको एक स्थायी कमिटी सदस्यले बताए। स्थायी कमिटी बैठक शुक्रवार बिहान साढे ८ बजे बस्नेछ। यसअघि आज बिहान ८ बजेका लागि तय भएको बैठक अपरान्ह ४ बजे बस्ने भनिएको थियो।

एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान बस्ने

नेकपा एमालेकाे स्थायी कमिटी बैठक स्थगित भएको छ। शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको स्थायी कमिटी बैठक अब भोलि बस्ने भएको छ।...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार दिउँसो स्थायी कमिटी बैठक बसेको हो। केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न आज स्थायी कमिटी बैठक बसेको हो। यसअघिको स्थायी कमिटी बैठकले साउन ३० गतेभित्र वडा कमिटी गठन गरी त्यसको जानकारी केन्द्रीय कमिटी बैठकमा आउँदा लिएर आउन केन्द्रीय सदस्यहरूलाई […]

एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बालुवाटारमा बस्ने भनिएको बैठक स्थगित भएको हो । दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने तय भएपछि स्थायी कमिटी बैठक स्थगित भएको पार्टी कार्यालयले जनाएको छ ।

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौ : नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। बागमती प्रदेशमा हुने राष्ट्रियसभा उप निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार टुंगो लगाउन आज स्थायी कमिटी बैठक बस्न लागेको हो। साथै आज विभिन्न तहमा औपचारिक तथा अनौपचारिक छलफलका कार्यक्रमहरु रहेको नेकपा एमाले संसदीय दलका उप नेतासमेत रहेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए। आज उम्मेदवारको टुंगो लगाउनुअघि हिजो बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी कमिटी बैठक बसेको थियो। बैठकमा पार्टीको तर्फबाट उठा