लज्जास्पद हारपछि सोल्कसायरलाई हटाउने युनाइटेडको निर्णय

वाटफोर्डसँग लज्जास्पद हार बेहोरेपछि म्यानचेस्टर युनाइटेडले म्यानेजर ओली गनर सोल्कसायरलाई हटाउने निर्णय गरेको छ । शनिबार भएको खेलमा १० खेलाडीमा सीमित बनेको युनाइटेड वाटफोर्डसँग ४-१ गोलअन्तरले पराजित भएको थियो । खेललगत्तै क्लबको आपत्कालीन बोर्ड बैठकले उनलाई हटाउने निर्णय गरेको हो ।बेलायती पत्रिका डेली मेलका अनुसार ड्यारेन फ्लेचरले अन्तरिम म्यानेजरको भूमिका निभाउने छन् भने क्लबले नयाँ म्यानेजरको खोजी गर्नेछ । सोल्कसायरको स्थानमा रियल म्याड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदानलाई ल्याउने तयारी गरिएको

सम्बन्धित सामग्री

म्यानचेस्टर युनाइटेडले प्रशिक्षक साेल्सायरलाई बर्खास्त गर्‍याे

काठमाण्डाै – इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड क्लबले टिमका मुख्य प्रशिक्षक ओले गनर सोल्सायरलाई बर्खास्त गरेको छ । हिजो शनिवार वार्टफोर्डसँग चार–एकको लज्जास्पद हार बेहोरेपछि क्लबले यस्तो निर्णय लिएको हो । वार्टफोर्डसँग लज्जास्पद हारपछि बसेको बोर्डको आपत्कालीन बैठकले सोल्सायरलाई प्रशिक्षकको जिम्मेवारीबाट हटाउने सहमति भएको थियो । उनको ठाउँमा युनाइटेडले माइकल क्यारिकलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको छ । सन् २०१८ मा मुख्य प्रशिक्षक नियुक्त भएका सोल्सायरको कार्यकालमा म्यानचेस्टर युनाइटेडले कुनै खास प्रदर्शन गर्न सकेन । क...