गुरुङलाई महासचिव बनाउने प्रचण्डको प्रस्ताव, पुन र शर्मालाई उपमहासचिवमा व्यवस्थापन

नेकपा माओवादी केन्द्रका दुई नेता जनार्दन शर्मा र वर्षमान पुनबीचको प्रतिस्पर्धाबाट अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा अर्का नेता देव गुरुङले बाजी मार्ने भएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बिहान ८:३० मा बस्ने स्थायी कमिटी बैठकमा पदाधिकारीको प्रस्ताव गर्दा विभिन्न विकल्पहरुमध्ये नेता गुरुङलाई महासचिवको प्रस्ताव गर्नसक्ने नेताहरुले बताएका छन् । शुक्रबार बिहान ८:३० बजे बस्ने बैठकमा अध्यक्ष प्रचण्डले प्रस्ताव पेश गर्नेछन् ।यसअघि बुधबार बसेको बैठकले पार्टी पदाधिकारी