स्याङ्जा – जिल्लाको वालिङ–जगत सडकखण्ड गएरातिदेखि अवरुद्ध भएको छ। वालिङ नगरपालिका–६ मिर्दीस्थित सिद्धार्थ राजमार्गबाट चापाकोट नगरपालिका, हरिनास र बिरुवा गाउँपालिकासहित पूर्वी पाल्पालाई जोड्ने उक्त सडकको वालिङ–५ झल्र्याङ्दी नजिकै पहिरो खस्दा अवरुद्ध भएको हो। गएराति ९ बजेतिर सडकमाथिबाट चट्टानसहितको ठूलो पहिरो खसेर बाटो पुरिएकाले सडक अवरुद्ध भएको वालिङ–५ का वडाध्यक्ष छविलाल आलेले जानकारी दिए। अविरल वर्षाका […]