भारतमा भोलि मतदानः कसले जित्ला चुनाव? यस्ता छन् मोदीका चुनौति र कांग्रेसको कमजोरी :: Pahilopost.com

एकराज पाठक- काठमाडौं: भारतमा लोकसभा निर्वाचनका लागि भोलिदेखि मतदान हुँदैछ। निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ। निर्वाचनमा कसले जित्ला भन्ने तर्कहरुले भारतीय अखबारका पाना रंगिएका छन्। टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ। तर चुनाव जित्नेको तस्बिर अझै धमिलै छ्, कसैको पक्षमा सङ्लिएको देखिँदैन।    तर

सम्बन्धित सामग्री

हामी चुनौति देखेर तर्सिदैनौं, सामना गर्छाैंः माधव नेपाल

काठमाडौं, ९ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कमजोरीबाट मुक्त रहेको मान्छे संसारमा कहीँ पनि नपाईने बताएका छन् । आज (शनिबार) नेकपा (एस) निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै उनले मानिसमा राम्रा र नराम्रा पक्ष हुने र कमजोरी रहेमा सुधार गर्दै जानुपर्ने बताएका हुन् । उनले अहिलेको सिंगो राजनीतिक परिस्थितिले ल्याएको […]

संसद्‌मा डरलाग्दा विधेयक प्रस्तुत भए : सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदमा केही डर लाग्दा वियक प्रस्तुत भएको आरोप लगाएकी छन्। उनले संसदमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० ले देवानी, फौजदारी, प्रशासनिक फरक–फरक प्रकारका कानुन हालेर सरकारले ठूलो कमजोरी गरिरहेको बताइन्। प्रतिनिधिसभाको आइतबारको बैठका बोल्दै सांसद गौतमले यो विधेयकमा सार्वभौमिकता, अखण्डता र शान्ति सुरक्षालाई चुनौति […]

अर्थतन्त्र सङ्कटमा छ भन्नु बुझाइमा कमजोरी : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा नरहेको तर केही चुनौति भने अझै बाँकी रहेको बताउनुभएको छ । बिहिबा। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो “अर्थतन्त्र सङ्कटमा छ भन्नु बुझाइमा कमजोरी हो”, उहाँले भन्नुभयो, “यद्यपि केही चुनौती छन् त्यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा समस्या समाधान …

अहिलेका राजनीतिक दलहरुले केही गरेनन् भन्नु गलत हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेका राजनीतिक दलहरुले केही गरेनन् भन्ने गरी टिप्पणी गर्नु गलत भएको बताएका छन् । नेकपा संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित नेपालमा समाजवाद ः चुनौति र सम्भावना विषयक कार्यक्रममा बोल्दै प्रचण्डले दलहरूका केही कमी कमजोरी भएपनि ऐतिहासिक रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।‘अहिले पार्टीहरुले केही गरेनन् भन्नु कुरा गलत हो । पञ्चायती व्यवस्था विरुद्ध वामपन्थी र लोकतन्त्रवादी मिलेर आन्दोलन गर्यौं

महिला फुटबलः सावित्राको अनुपस्थितिमा नेपालको कमजोरी उदांगो

काठमाडौं । महिला फुटबलमा नेपाल र भारत दक्षिण एसियामा बलिया मानिन्छन् । विगतको रेकर्ड हर्दा नेपालले भारतबाहेकका अन्य दक्षिण एसियाली राष्ट्रसँग प्राय ठूलो अन्तरको जित हात पार्दै आएको छ । तर, काठमाडौंमा भर्खरै सम्पन्न दुई म्याचको प्रतियोगितामा बंगलादेशले नेपाललाई कडा चुनौति दियो । बंगलादेशको महिला फुटबल फिफा वरियतामा नेपालभन्दा निकै तल छ । नेपाली महिला […]

प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन [पूर्णपाठसहित ]

साउन ३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो सरकारले गरेका राम्रा कामका लागि धन्यवाद दिदैं असल कामलाई निरन्तरता दिने बताउनु भएको छ ।  प्रतिनिधि सभामा आइतवार विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै देउवाले आफू संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री बनेको हुनाले विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।  प्रधानमन्त्री देउवाले केपी शर्मा ओलीको साढे तीन वर्षे कार्यकालमा भएका राम्रा कामहरुका लागि ओलीलाई धन्यवाद दिनुभएको छ भने ओलीले हासिल गरेका अनुभवहरु उपयोगी हुने बताउनुभएको छ । कमी कमजोरीहरू सच्याउँदै सबैले मिलेर अगाडि बढ्नुपर्ने प्रधानमन्त्री देउवाले बताउनु भएको छ । प्रधानमन्त्री देउवाले सत्तापक्ष र प्रतिपक्ष सबै दलहरु आपसमा मिलेर अगाडि बढ्न चाहेको बताउनु भयो । यस्तो छ मन्तव्यको पूर्णपाठ :  माननीय सभामुख महोदय, प्रतिनिधि सभा विघटन पश्चात सम्मानीय सर्वोच्च अदालतको फैसलाले प्रतिनिधि सभा पुनःस्थापित भएको छ । आज सभाको आठौं अधिवेशन प्रारम्भ भईरहेको छ । म सबै भन्दा पहिले सबै माननीय सदस्यहरुलाई हार्दिक बधाई दिन चाहन्छु । नेपाली जनताको ठूलो त्याग, तपस्या र बलीदानले देशमा संघीय, लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । इतिहासको लामो कालखण्डमा लोकतन्त्रका लागि भएका राजनीतिक संघर्षमा बलीदान गर्ने सम्पूर्ण शहिदहरुलाई सम्मानपूर्वक स्मरण गर्दै हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु । लोकतन्त्रको स्थापना र संरक्षणका लागि योगदान गर्नु हुने सबै नेपाली नागरिककाप्रति हार्दिक सम्मान व्यक्त गर्दछु । पटक–पटकको प्रतिनिधि सभा विघटनका कारण विगत केही समय देशमा राजनीतिक अन्यौल र अनिश्चितताको स्थिति रह्यो । नेपालको संविधानको धारा ७६ (३) बमोजिम नियुक्त हुनु भएका निवर्तमान प्रधानमन्त्री माननीय केपी शर्मा ओलीजीले धारा ७६ (४) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत नलिई  धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि प्रक्रिया प्रारम्भ गर्न सम्माननीय राष्ट्रपतिलाई अनुरोध गर्नु भएपछि नयाँ प्रधानमन्त्री नियुक्तिको प्रकृया प्रारम्भ भयो । केही समयको राजनीतिक र संवैधानिक अभ्यास पश्चात म नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्त भएको छु । र मेरो नेतृत्वमा मन्त्री परिषद् गठन भएको छ । मलाई प्रधानमंन्त्रीमा नियुक्त हुन सहयोग र समर्थन गर्नु हुने राजनीतिक दलका नेताहरु, माननीय सदस्यहरु लगायत सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । यो सरकारलाई भविष्यमा पनि निरन्तर सहयोग र समर्थन रहने विश्वास पनि लिएको छु । माननीय सभामुख महोदय, अहिले मुलुक निकै जटिल अवस्थामा छ । विश्वव्यापी रुपले फैलिएको कोभिड–१९ को प्रकोपले हामी निकै प्रभावित भएका छौ । दैनिक रुपले संक्रमण बढी रहेको छ । मानिसहरुको मृत्यु भईरहेको छ । म कोभिड—१९ का कारण मृत्यु भएका सबैको आत्माको चीर शान्तिको कामना गर्दछु । शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । अस्पतालमा उपचार गराईरहनु भएका सबैको शिघ्र स्वास्थलाभको कामना गर्दछु । कोभिड—१९ को नियन्त्रण र रोकथामका लागि अहोरात्र खटेर काम गर्नु हुने सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । नेपाली नागरिकलाई कोभिड—१९ को प्रकोपबाट जोगाउने यो सरकारको पहिलो प्राथमिकता हुनेछ । सरकारले कोभिड—१९ को नियन्त्रण र रोकथामका लागि सबै उपायहरु अवलम्बन गर्नेछ भन्ने म प्रतिवद्धता व्यक्त गर्दछु । माननीय सभामुख महोदय हामी याँहा उपस्थित सबै राजनीतिक दलहरुको प्रयत्नबाट नेपालको संविधान निर्माण भएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । यसको संरक्षण र सुदृढीकरण पनि हामी सबैको प्रयासबाट मात्र सम्भव छ । बहुदलिय व्यवस्थामा फरक–फरक राजनीतिक बिचार हुने तीनका बिचमा प्रतिस्पर्धा हुने, स्वस्थ आलोचना प्रत्यालोचना हुने विषयहरु स्वाभाविक र राम्रा हुन । ती आवश्यक पनि छन । तथापी हाम्रा केहि साझा चुनौति, उद्देश्य र गन्तव्य छन । जस्का लागि हामीले सहकार्य र सहयात्रा गर्नु पर्छ । कोभिड—१९ हाम्रो तत्कालको चुनौति हो । गरीबी, वेरोजगारी, अशिक्षा जस्ता तमाम साझा समस्या छन । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान हाम्रा साझा विषय हुन । नेपालको संविधानको संरक्षण र यसको असल कार्यान्वयन हाम्रो साझा गन्तव्य हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमवाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नु हामी सबैको साझा उद्देश्य हो । यसका लागि हाम्रा बिचमा सहकार्य र सहयात्राको आवश्यकता छ । सभामुख महोदय, हामी सबैसंग आ–आफ्ना अनुभवहरु छन । माननीय केपी शर्मा ओलीले विगत साढे तीन वर्ष सरकारको नेतृत्व गर्नु भएको छ । वहाले गर्नु भएका असल कामका लागि म धन्यवाद दिन चाहन्छु । वहाको अनुभव हाम्रा लागि उपयोगी हुनेछ । विगतमा भएका राम्रा कामहरुलाई निरन्तरता दिदै कमी कमजोरी सुधार गर्दै लानु पर्नेछ । महत्वपूर्ण नयाँ कामहरु पनि गर्नुछ । देशमा सुशासन कायम गर्नुछ । यसका लागि सरकार, प्रमुख प्रतिपक्ष र सबै राजनीतिक दलहरु बिच निरन्तर सम्वाद, सहकार्य र सामुहिक प्रयत्न आवश्यक छ भन्ने मेरो मान्यता छ र यसका लागि म सदैव प्रयत्नशिल रहने छु । हामी राजनीतिक दलहरु एक अर्काका शत्रु होईनौ बरु हाम्रा साझा उदेश्य प्राप्तिका लागि सहयात्री हौ भन्ने भावनाका साथ काम गर्नु पर्दछ । सभामुख महोदय, संसदीय लोकतन्त्रको स्थापनाका लागि देशमा लामो त्याग तपस्या र बलीदानपूर्ण संघर्ष भएको हो । संसदलाई अधिकार सम्पन्न, जिवन्त र क्रियाशिल बनाउनु पर्दछ । सरकार संसदप्रति उत्तरदायी रहनु पर्दछ भने संसदले सरकारका सबै गतिविधिप्रति ध्यान दिई अनुगमन गर्नुपर्दछ । यसले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउँछ । निरन्तरको राजनीतिक अन्यौल, अनिश्चितता र अस्थिरताले लोकतन्त्रलाई नै कमजोर गर्दछ । तसर्थ अब हामी राजनीतिक स्थिरताको बाटोमा हिड्न जरुरी छ । सभामुख महोदय, म नेपालको संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्री भएको हुँदा नेपालको संविधानको धारा ७६ को उपधारा ९६० बमोजिम विश्वासको मत प्राप्त गर्न सम्मानित प्रतिनिधि सभामा प्रस्तुत भएको छु । सबै माननीय सदस्यहरुले मलाई विश्वासको मत दिनु हुनेछ भन्ने विश्वास गरेको छु । धन्यवाद !

शिल्पालाई छविको भावुक पत्र, भने : कमजोरी सच्याएर गान्धीबादी भएर बस्न सक्छु

काठमाडौं : चलचित्र निर्माता छवि ओझाले शिल्पा पोखरेललाई घरफर्कि आग्रह गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्ट्याटस लेख्दै घर फर्किन आग्रह गरेका हुन्। शिल्पाले छवि ओझाबाट आफूलाई सुरक्षाको चुनौति रहेको भन्दै ...

स्वास्थ्य बिमाका केही गम्भीर कमजोरी, अब के गर्न सकिन्छ?

विज्ञान र प्रविधिको आँखाले मात्र हेर्ने हो भने जनस्वास्थ्यका समस्या हाम्रालागि ठूलो चुनौति होइन। बायोमेडिकल विज्ञान र प्रविधिको  विकासले थुप्रै रोग पराजित गरिसकेको छ। यसको मतलब अब मेडिकल साइन्स चाहिँदैन भन्ने होइन। नयाँ–नयाँ रोग आइरहेका छन् र तिनिहरूका विषयमा निरन्तर खोज भइरहेका छन्। यो क्रम निरन्तर चलिरहन्छ। ...