भारतीय उद्योगी रतन टाटाको गाडी नम्बर आफ्नो गाडीमा प्रयोग गर्ने एक महिला प्रहरीको फन्दामा परेकी छन् ।
मुम्बई प्रहरीले महिलालाई पक्राउ गरी मुद्धा समेत चलाएको भारतीय मिडियाहरूले बताएका छन् ।
ती महिलाले आफ्नो कार उद्योगी रतन टाटाको कारको नम्बर प्रयोग गरेकी थिइन् । एकदिन ट्राफिक नियम उल्लंघनको आरोपमा रतन टाटा पक्राउ पूर्जी जारी हुँदा घटना बाहिरिएको हो ।
यद्यपी ती महिला आफूले प्रयोग गरेको गाडी नम्बर रतन टाटाको हो भन्नेबारे चाहिँ अनभिज्ञ भएको बताइएको छ ।
बयानमा महिलाले प्रहरीलाई बताएक...