नेपालमा बीआरआई छिटो लागु गर्न माग

२३ मंसिर, भैरहवा । नेपाल–चीन मैत्री समाजले छिमेकी मित्र राष्ट्र चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना नेपालमा छिटो लागु गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल–चीन मैत्री समाज लुम्बिनीको २२ औं वार्षिक साधारणसभाले बीआरआई लागु हुंदा नेपालको सडक पुर्वाधारदेखि आर्थिक विकासमा ठूला योगदान पुग्ने भएकाले छिटो लागु गर्नुपर्ने प्रस्ताव पारित गरेको छ […]