धनुषामा कोरोनाको कारण ३१ जनाको मृत्यु

जनकपुर। धनुषामा हिजोसम्म कारोनाको कारण ३१ जनाको मृत्यु भएको छ। त्यस्तै १३१७ जनामा संक्रमण पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक कुमार कर्णले बताए। धनुषाको मणिपालमा एक सय वेड क्षमताको कोरोना अस्पताल बन्दै गरेको कर्णले बताए। अक्सिजनको अभाव पुरा गर्न हिजो विराटनगरबाट १३५ अक्सिजन सिलिन्डर निर्यात गरेको र आज पनि अक्सिजन लिन गइरहेको उनले बताए।