सत्ता गठबन्धनको कार्यदलले बनाएको न्यूनतम साझा कार्यक्रममा ‘स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउन आवश्यक कार्य गर्ने’ भन्ने विषयप्रति ध्यानाकर्षण जनाइएको छ ।
गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण जनाएका हुन् ।
विज्ञप्तिमार्फत उनीहरूले स्थानीय तहको संवैधानिक अधिकार अक्षुण राख्न जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार रहेको चेतावनी दिएका छन् ।
‘कुनै एक तहको सरकारको कार्यसम्पादनमा प्रभावकारिता आएन भन्ने...