काठमाडौं : शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भूकम्पछि निर्मित एकीकृत बस्तीको योजना प्रभावकारी नभएको बताएकी छन्। उनले सरकारले एकीकृत बस्तीको योजना नीति तथा कार्यक्रममा राखेर अघि बढाए पनि प्रभावकारी नदेखिएको बताइन्।शहरी विकास मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजको कार्य समितिलाई बधाई दिँदै आइतबार मन्त्री झाँक्रीले भूकम्पछि सरकारले योजना बनाएर बस्ती निर्माण गरे पनि प्रयोगमा आउन नसकेको बताइन्।उनले भनिन्, ‘सरकारले जुन लक्ष्य र उद्देश्यका साथ एकीकृत बस्ती निर्माण अघि